नियुक्तिविरुद्ध दुई एआईजी अदालत जाने – Naya Bikalpa
July 14, 2026, Tuesday      Epaper

नियुक्तिविरुद्ध दुई एआईजी अदालत जाने

काठमाडौं । सरकारले धिरजप्रताप सिंहलाई आईजीपी (प्रहरी महानिरीक्षक) मा बढुवा गरेपछि दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ले अदालत जाने बताएका छन् । मन्त्रिपरिषद् बैठकले आइतबार सिंहलाई आईजीपीमा नियुक्त गरेको हो ।

एआईजीद्वय विश्वराज पोखरेल र सहकुलबहादुर थापा त्यसविरुद्ध अदालत जाने तयारीमा लागेका हुन् । पोखरेल र थापा एआईजी बनेको एक वर्षपछि मात्रै सिंह एआईजीमा नियुक्त भएका थिए । त्यसैले पोखरेल र थापाले वरिष्ठता र कार्यसम्पादनका आधारमा आफू महानिरीक्षक हुनुपर्ने माग गर्दै अदालत जाने तयारी थालेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको दबाबमा सिंहलाई आईजीपी बनाइएको स्रोतको दावी छ । आईजीपी नियुक्त गर्ने विषयमा प्रधानमन्त्री देउवा र गृहमन्त्री बालकृष्ण खाँणबीच मतभेद भएको स्रोतले बतायो । गृहमन्त्री खाँण पोखरेललाई नै आईजीपी नियुक्त गर्नुपर्ने अडानमा थिए भने देउवाले सिंहलाई नै आईजीपी बनाउने बताएको स्रोतको दावी छ ।

आईजीपी नियुक्तिको विवाद पाँचदलीय गठबन्धनको बैठकमा समेत पुगेको थियो । प्रधानमन्त्रीको प्रस्तावमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहमत देखिएका थिए । आईजीपी नियुक्तिको विषयमा नेताहरूबीच सहमति जुट्न नसकेपछि प्रधानमन्त्री देउवा आफ्नै अडानअनुसार अघि बढेको बताइएको छ ।

सम्बन्धित समाचार

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
  • २०७९ बैशाख १८, १६: २०

काठमाडौं : सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज गरेको छ । मंगलबार न्यायाधीशद्वय...

सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना निवेदन पेश
सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना निवेदन पेश
  • २०७९ बैशाख १८, १६: २०

काठमाडौँ : सर्वोच्च अदालतमा सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्ध अदालतको अवहेलना गरेको दाबी गर्दै निवेदन परेको छ । अदालतले दिएको अन्तरिम...

राष्ट्रिय हितका लागि प्रमुख दलहरू साझा धारणा बनाएर अघि बढ्नुपर्छ : सांसद सिंह
राष्ट्रिय हितका लागि प्रमुख दलहरू साझा धारणा बनाएर अघि बढ्नुपर्छ : सांसद सिंह
  • २०७९ बैशाख १८, १६: २०

काठमाडौँ : प्रतिनिधि सभाका सदस्य अमरेशकुमार सिंहले मुलुकको समग्र अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रमुख राजनीतिक दलहरू राष्ट्रिय हितका विषयमा साझा...