
काठमाडौं । काठमाडौँ महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार बनेका केशव स्थापितलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।
आयोगले एक पत्र पठाएर स्थापितसँग स्पष्टीकरण मागेको हो । ‘विशेषगरी महिलाका विषयमा दिएको अभिव्यक्ति के हो ? भनेर आयोगले केशव स्थापितसँग स्पष्टीकरण मागेको हो ।
चौबीस घण्टाभित्र स्पष्टीकरणको जवाफ पेश गर्न निर्वाचन आयोगको कानून तथा राजनीतिक दल महाशाखाले भनेको छ । केही दिनअघि स्थापितले धुम्बाराहीस्थित नेशनल कलेजमा आयोजना गरिएको एक अन्तरक्रिया कार्यक्रममा
प्रश्न सोध्ने महिलामाथि गरेको व्यवहारलाई लिएर स्पष्टीकरण सोधिएको सहसचिव यज्ञ भट्टराईले बताए । एक महिलाले उनीमाथि लागेको ‘मिटु’ का बारेमा प्रश्न गरेपछि आक्रोशित हुँदै ‘यु आर ब्युटीफुल लेडी, तर थुतुनो ठिक भएन’ भन्ने
जवाफ फर्काएका थिए । त्यसपछि स्थापित थप विवादमा तानिएका छन् । पत्र बुझेको चौबीस घण्टा भित्र स्थापितले स्पष्टीकरण आयोग समक्ष बुझाउनु पर्ने भएको छ ।
काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक र नयाँ क्रियाशील सदस्यता वितरणको समयसीमा नजिकिँदै गर्दा नेपाली कांग्रेसले आन्तरिक छलफल गर्दै...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना मगरले झापाको कजुवे–रातेखाल क्षेत्रमा पुल निर्माणमा भएको ढिलाइका कारण स्थानीयवासी,...
काठमाडौँ | प्रतिनिधिसभामा सांसदहरूले मुगुका २५ वर्षीय गणेश नेपालीको आत्मदाह प्रयासपछि भएको निधनको घटनाबारे निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका...