आचारसंहिता उल्लङ्‍घन गरे उम्मेदवारी खारेज – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

आचारसंहिता उल्लङ्‍घन गरे उम्मेदवारी खारेज

काठमाडौं । केन्द्रीय अनुगमन टोली परिचालन भएको छ । उम्मेदवारले गम्भीर रूपमा निर्वाचन आचारसंहिता उल्लङ्‍घन गरेको पाइए तत्काल उम्मेदवारी खारेज गर्ने टोलीलाई निर्वाचन आयोगले अख्तियारी दिएको छ ।

उच्चस्तरीय आचारसंहिता अनुगमन संयन्त्रको त्यस्तो अधिकार प्रयोग गर्नेगरी टोली परिचालन भएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए । सुरक्षा संवेदनशील र बढी मतदाता भएको १७ जिल्लामा टोली परिचालन भएको हो ।

विभिन्‍न मन्त्रालय र निकायमा कार्यरत सहसचिवको नेतृत्वमा टोली खटिएका हुन् । उनीहरूलाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको व्यवस्थापकीय तयारी भइसकेकाले आचारसंहिता कार्यान्वयनको अनुगमन गरी कुनै निर्णय वा कारबाही गर्नुपरेमा त्यस्तो निर्णय वा कारबाही गर्न सक्ने अख्तियारी टोलीलाई दिएको बताए ।

र्वाचनलाई स्वच्छ, स्वतन्‍त्र, निष्पक्ष, भयरहीत र विश्‍वसनीय रूपमा सम्पन्‍न गर्नेबारे आग्रह–पूर्वाग्रह नराखी ऐन, कानुनअनुसार प्रभावकारी अनुगमन गर्न निर्देशन दिएका थिए । आचारसंहिताविपरीत दल र उम्मेदवारले झण्डा र गाडी प्रयोग गरे कारबाही गर्न सक्ने आयोगले जनाएको छ ।

अनधिकृत सामानको ओसारपसार वा रकम वितरण गरेको पाइएमा कब्जामा लिएर तत्काल कारबाही गर्न वा कुनै समस्या परेमा आयोगलाई तत्काल जानकारी गराउन प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए ।

सम्बन्धित समाचार

होल्डिङ्ग सेन्टरका सुकुम्बासीलाई प्राकृतिक विपत्ति देखाएर सरकारले गम्भीर खेलवाड गरिरहेको छ – प्रमुख सचेतक थापा ।
होल्डिङ्ग सेन्टरका सुकुम्बासीलाई प्राकृतिक विपत्ति देखाएर सरकारले गम्भीर खेलवाड गरिरहेको छ – प्रमुख सचेतक थापा ।
  • २०७९ बैशाख २५, ०८: ३२

काठमाडौँ ।  संसदको प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक वासना थापाले सामाजिक सँजाल मार्फत सरकारलाई खवरदारी गरेकि छिन ।उनले सुकुम्बासीहरुलाई सुरक्षित...

शीर्ष नेताको घर घर गइसकें, तर उहाँहरुले मेरो घर देख्नुभएको छैन : सभापति थापा
शीर्ष नेताको घर घर गइसकें, तर उहाँहरुले मेरो घर देख्नुभएको छैन : सभापति थापा
  • २०७९ बैशाख २५, ०८: ३२

काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक र नयाँ क्रियाशील सदस्यता वितरणको समयसीमा नजिकिँदै गर्दा नेपाली कांग्रेसले आन्तरिक छलफल गर्दै...

झापाको कजुवे–रातेखालमा तत्काल पुल बनाउन सांसद इन्दिरा राना मगरको माग
झापाको कजुवे–रातेखालमा तत्काल पुल बनाउन सांसद इन्दिरा राना मगरको माग
  • २०७९ बैशाख २५, ०८: ३२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना मगरले झापाको कजुवे–रातेखाल क्षेत्रमा पुल निर्माणमा भएको ढिलाइका कारण स्थानीयवासी,...