कसले मार्ला वाजी ? स्थापितलाई सहजै उछिन्ने दाउमा सिर्जना सिंह – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

कसले मार्ला वाजी ? स्थापितलाई सहजै उछिन्ने दाउमा सिर्जना सिंह

काठमाडौं । स्थानीय तहको चुनावी सर्गमी बढिरहेका बेला काठमाडौं महानगरपालिकाको चुनावी माहोल निकै तातिएको छ । मेयरमा धेरै जनाको प्रतिस्पर्धा भएपनि यतिबेला तीन जनाको चर्चा राजधानिमा चल्न थालेको छ ।

युवामा बालेनको चर्चा धेरै छ भने राजनीतिमा सिह र स्थापितको चर्चा धेरै छ । तर पछिल्लो समय स्थापितमा मिटुको चर्चाले केही कम्जोर स्थिति सृजना गर्ने देखिन्छ भने सिंह बलियो प्रतिस्पर्धिका रुपमा देखिएकी छन् ।

तर जनताले कसलाई छान्छन् भन्ने चासो बढ्दै गएको छ भने एर्को तर्फ वाजी कसले मार्ला भन्नेमा चिन्ता र चाँसो देखिएको छ । राजधानीवासीले मुख्य चासो पूरा गर्न कसलाई मेयरको नेतृत्वमा पुर्‍याउलान भन्ने विषय बढिरहेको छ ।

त्रिपुरेश्वर, भोटेबहाल, गणबहाल, लगन, वसन्तपुर, भीमसेनस्थान, असन, बांगेमुडा, नरदेवी, ठमेलका मतदाताले मेयर उम्मेदवार कांग्रेसकी सिर्जना सिंहलाई बढी मन पराएको देखियो भने दोस्रोमा केशव स्थापितको पक्षमा माहोल देखिएको छ ।

त्यस्तै युवामा भने बालेन शाह नै अग्रपंतिमा देखिएका छन् । मतदाताले म यहाँ मत हाल्छु भनिरहदा माहोल परिवर्तन पनि हुने देखिन्छ । पाँच वर्षअघिको चुनावमा नेवार समुदायको बाहुल्यता रहेको क्षेत्रमा एमाले र कांग्रेसबीच प्रतिस्पर्धा भएको थियो ।

यसपालि पनि यी दुई दलबीच नै कडा प्रतिस्पर्धा देखिदै छ । राप्रपालगायत अन्यदलले जित्ने बलियो आधार पेश गरेपनि मतदाताको भनाइअनुसार माहोल त्यति देखिदैन । पाँच वर्षअघिको चुनावमा एमाले उम्मेदवार विद्यासुन्दर शाक्य र कांग्रेसका राजुराज जोशीबीच प्रतिस्पर्धा भएको थियो ।

शाक्यले मेयरमा ६५ हजार भोट पाएका थिए भने जोशीले ४५ हजार मत पाएका थिए । उबेला नेवार समुदायले शाक्यलाई रोजेका थिए भने यसपालिको माहोल कांग्रेसकी सिर्जना सिंहको पक्षमा देखिएको छ । अघिल्लोपटक एमालेलाई भोट दिएकाहरु नै यसपालि सिंहलाई दिन्छु भन्ने धेरै भेटिएका छन् ।

कतिपय काँग्रेस हुँ तर मत स्थापितलाई दिन्छु भन्नेहरु पनि भेटिए । यसपालि म सिर्जना सिंहलाई चान्स दिन्छु भन्ने महिलाहरु बढी देखिएका छन्। काम गर्ने तौरतरिका कस्तो छ यसपाली हेर्नु पर्ने भएकाले सिहलाई भोट दिन्छु भन्ने उपत्यकामा धेरै भेटिए ।

अघिल्लो चुनावमा एमालेलाई गएको कांग्रेसको भोट यसपालि सिर्जना सिंहले आफ्नो पक्षमा ल्याउने बलियो आधार धेरै भएको काँग्रेसको दावी छ । गठबन्धनका कारण माओवादी र एकीकृत समाजवादीका केही भोट पनि कांग्रेसलाई आउँने छ ।

पुरुषहरुले केशव स्थापित नै बलियो देखिन्छन भने महिलाको बहुमत पक्ष सिर्जना सिंहलाई नै जिताउनुपर्ने पक्षमा देखिन्छन् । यता युवापंतिको भने यसपटक बालेन शाहलाई नै रोज्नु पर्ने दावी छ । मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका गायक शाहले कस्तो गर्ने छन् ? त्यो भने निर्वाचन पछि मात्रै थाह हुनेछ ।

सम्बन्धित समाचार

होल्डिङ्ग सेन्टरका सुकुम्बासीलाई प्राकृतिक विपत्ति देखाएर सरकारले गम्भीर खेलवाड गरिरहेको छ – प्रमुख सचेतक थापा ।
होल्डिङ्ग सेन्टरका सुकुम्बासीलाई प्राकृतिक विपत्ति देखाएर सरकारले गम्भीर खेलवाड गरिरहेको छ – प्रमुख सचेतक थापा ।
  • २०७९ बैशाख २६, ११: ३६

काठमाडौँ ।  संसदको प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक वासना थापाले सामाजिक सँजाल मार्फत सरकारलाई खवरदारी गरेकि छिन ।उनले सुकुम्बासीहरुलाई सुरक्षित...

शीर्ष नेताको घर घर गइसकें, तर उहाँहरुले मेरो घर देख्नुभएको छैन : सभापति थापा
शीर्ष नेताको घर घर गइसकें, तर उहाँहरुले मेरो घर देख्नुभएको छैन : सभापति थापा
  • २०७९ बैशाख २६, ११: ३६

काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक र नयाँ क्रियाशील सदस्यता वितरणको समयसीमा नजिकिँदै गर्दा नेपाली कांग्रेसले आन्तरिक छलफल गर्दै...

झापाको कजुवे–रातेखालमा तत्काल पुल बनाउन सांसद इन्दिरा राना मगरको माग
झापाको कजुवे–रातेखालमा तत्काल पुल बनाउन सांसद इन्दिरा राना मगरको माग
  • २०७९ बैशाख २६, ११: ३६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना मगरले झापाको कजुवे–रातेखाल क्षेत्रमा पुल निर्माणमा भएको ढिलाइका कारण स्थानीयवासी,...