सबै स्थानीय तहको मतगणना छ दिनभित्र सकाउने आयोगको रणनीति – Naya Bikalpa
July 14, 2026, Tuesday      Epaper

सबै स्थानीय तहको मतगणना छ दिनभित्र सकाउने आयोगको रणनीति

काठमाडौं । मतदान सम्पन्न भएको ६ दिनभित्र मतगणना सम्पन्न गर्ने निर्वाचन आयोगले रणनीति बनाएको छ । ५ जेठ २०७९ मा देशभरका स्थानीय तहका जनप्रतिनिधिहरुको पदावधि सकिने भएकाले आयोगले त्यतिन्जेल सबै स्थानीय तहको मतगणना सकेर नतिजा सार्वजनिक गर्ने रणनीति बनाएको हो ।

अधिकतम जनशक्ति खटाएर भएपनि छिटोभन्दा छिटो मतगणना गर्ने योजना निर्वाचन आयोगको छ । मतगणनाका लागि अधिकतम जनशक्ति खटाउन पनि महानगरपालिकाका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको आयोगले जनाएको छ । पहिलो स्थानीय तह निर्वाचन ३१ वैशाख २०७४ भएको थियो ।

निर्वाचन भएको ६ दिनपछि पदावधि सुरु भएको मानिने व्यवस्था अनुसार देशभरका स्थानीय तहका जनप्रतिनिधिहरु ६ जेठ २०७४ देखि पदमा बहाल रहेको भनी अवधि गणना गरिन्छ । उनीहरुको विदाई हुनुअघि नै नयाँ जनप्रतिनिधि निर्वाचित भएर पदबहालको व्यवस्था मिलाउन आयोगले खोजेको हो ।

६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिका छन् । सबैभन्दा बढी काठमाडौं महानगरपालिकामा ३ लाख मतदाता छन् । ललितपुर महानगरपालिकामा १ लाख २३ हजार, भरतपुर महानगरपालिकामा १ लाख ८६ हजार, पोखरा महानगरपालिकामा २ लाख ८ हजार, वीरगञ्ज महानगरपालिकामा १ लाख २४ हजार र विराटनगर महानगरपालिकामा १ लाख ३३ हजार मतदाता रहेका छन् ।

२०७४ सालमा पहिलो चरणको स्थानीय तह निर्वाचन ३१ वैशाखमा भएको थियो । पहिलो चरणमा नै निर्वाचन भएको काठमाडौं महानगरपालिकामा दुई सातापछि अर्थात १४ जेठमा विद्यासुन्दर शाक्य निर्वाचित भएको घोषणा गरिएको थियो ।

सम्बन्धित समाचार

श्री ८ बालेन शाह प्रश्नभन्दा माथि छैनन् : कांग्रेस
श्री ८ बालेन शाह प्रश्नभन्दा माथि छैनन् : कांग्रेस
  • २०७९ बैशाख २७, ०८: २९

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निश्कल राईले वर्तमान सरकारले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन भन्ने भाष्य...

एमाले उपाध्यक्ष विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
एमाले उपाध्यक्ष विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
  • २०७९ बैशाख २७, ०८: २९

काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतले थप...

राज्यले नागरिकको आवाज दबाउन खोज्यो : कांग्रेस सभापति थापा
राज्यले नागरिकको आवाज दबाउन खोज्यो : कांग्रेस सभापति थापा
  • २०७९ बैशाख २७, ०८: २९

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले राज्यले नागरिकको आवाज दबाउँदै अधिनायकवादी शैलीमा शासन सञ्चालन गर्न खोजेको आरोप लगाएका...