
भक्तपुर । जिल्लाका मध्यपुरथिमि नगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसका श्रीकृष्ण श्रेष्ठ विजयी भएका छन् । उनले ९८८ मत प्राप्त गरी विजयी भएका हुन् ।
प्रतिद्वन्द्वी नेकपाएमालेका प्रकाश थापामगरले ८९४ मत प्राप्त गरे भने वडासदस्यमा रविन सिजापति, अम्बिका रजत र सरिता अर्याल विजयी भएका छन् ।
यसैगरी वडासदस्यमा कांग्रेसका शेखर थापामगर विजयी भएका छन् । शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनमा मध्यपुरथिमि नगरपालिकाको प्रमुखका उम्मेदवार कांग्रेसका सुरेन्द्र श्रेष्ठले दुई हजार ७ सय ९९ मत प्राप्त री अग्रता कायम राखेका छन् ।
प्रतिद्वन्द्वी एमालेका मदनसुन्दर श्रेष्ठले दुई हजार १ सय १३ मत प्राप्त गरेका छन् । त्यस्तै उपप्रमुखतर्फ एमालेका उत्तरा नेपालले दुई हजार ४७० मतका साथ अग्रता कायम राखेकि छन् ।
गठबन्धनबाट नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले एक हजार ६५३ मत प्राप्त गरेका छन् । मत गणना जारी रहेको मतगणनास्थलबाट सहायक मतदान अधिकृत केशव सिलवालले जानकारी दिए ।
काठमाडौँ । संसदको प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक वासना थापाले सामाजिक सँजाल मार्फत सरकारलाई खवरदारी गरेकि छिन ।उनले सुकुम्बासीहरुलाई सुरक्षित...
काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक र नयाँ क्रियाशील सदस्यता वितरणको समयसीमा नजिकिँदै गर्दा नेपाली कांग्रेसले आन्तरिक छलफल गर्दै...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना मगरले झापाको कजुवे–रातेखाल क्षेत्रमा पुल निर्माणमा भएको ढिलाइका कारण स्थानीयवासी,...