गठबन्धनले सम्मान नगरेपछि रन्थनिय झलनाथ खनाल – Naya Bikalpa
July 12, 2026, Sunday      Epaper

गठबन्धनले सम्मान नगरेपछि रन्थनिय झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले स्थानीय चुनावमा गठबन्धनका अन्य दलहरूले आफ्नो पार्टीलाई सम्मान नगरेको गुनासो व्यक्त गरेका छन् ।

समाजवादीद्वारा काठमाडौं महानगरपालिका वडा नम्बर १५ मा आयोजित कार्यक्रममा बोल्दै उनले हालै सम्पन्न निर्वाचनमा गठबन्धनबाट आफ्नो पार्टीलाई फाइदा नभएको खनालको जिकिर गरे ।

उनले भने, ‘गठबन्धनले न हाम्रो सही ढंगले मूल्यांकन गर्यो, न सम्मान गर्यो, न हामीलाई त्यसबाट धेरै फाइदा नै भयो । तर जहाँ–जहाँ हामी आफै स्वतन्त्रतापूर्वक उभियौं, त्यो ठाउँमा हामीले राम्रो विजय प्राप्त गर्यौं।’

गत वर्ष नेकपा (एमाले)बाट विभाजित भएर बनेको एकीकृत समाजवादीले २० पालिका प्रमुख सहित ९८७ जनप्रतिनिधि जित्यो ।

एकीकृत समाजवादीले २७ पालिकामा गठबन्धनको साथ पाएकोमा १३ स्थानमा जित हासिल गर्यो । ७ पालिका प्रमुख भने उसले तालमेल नगरी जितेको छ ।

सम्बन्धित समाचार

सुकुम्वासीलाई सुरक्षित स्थान होइन, अझ ठुलो जोखिममा धकेलियो : आङ्देम्बे
सुकुम्वासीलाई सुरक्षित स्थान होइन, अझ ठुलो जोखिममा धकेलियो : आङ्देम्बे
  • २०७९ जेष्ठ २८, १८: १५

काठमाडौं : प्रमुख विपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुम्वासी बस्तीबाट हटाइएका नागरिकलाई सरकारले सुरक्षित व्यवस्थापन गर्न नसकेको...

होल्डिङ्ग सेन्टरका सुकुम्बासीलाई प्राकृतिक विपत्ति देखाएर सरकारले गम्भीर खेलवाड गरिरहेको छ – प्रमुख सचेतक थापा ।
होल्डिङ्ग सेन्टरका सुकुम्बासीलाई प्राकृतिक विपत्ति देखाएर सरकारले गम्भीर खेलवाड गरिरहेको छ – प्रमुख सचेतक थापा ।
  • २०७९ जेष्ठ २८, १८: १५

काठमाडौँ ।  संसदको प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक वासना थापाले सामाजिक सँजाल मार्फत सरकारलाई खवरदारी गरेकि छिन ।उनले सुकुम्बासीहरुलाई सुरक्षित...

शीर्ष नेताको घर घर गइसकें, तर उहाँहरुले मेरो घर देख्नुभएको छैन : सभापति थापा
शीर्ष नेताको घर घर गइसकें, तर उहाँहरुले मेरो घर देख्नुभएको छैन : सभापति थापा
  • २०७९ जेष्ठ २८, १८: १५

काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक र नयाँ क्रियाशील सदस्यता वितरणको समयसीमा नजिकिँदै गर्दा नेपाली कांग्रेसले आन्तरिक छलफल गर्दै...