
काठमाडौं । सरकारलाई पेट्रोलियम पदार्थ खरिदका लागि सस्तो बजार खोज्न सांसदहरुले सुझाव दिएका छन् ।
चीन लगायतका देशले रुस–युक्र्रेन युद्धपछि सस्तो बजार खोजेर पेट्रोलियम पदार्थ लिने प्रयास गरेको उल्लेख गर्दै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पेट्रोलियम पदार्थका लागि भारतको विकल्प खोज्नुपर्ने बताए ।
उनले भने, ‘भारतमा भर पर्दा नेपालमा समस्या भएको हो ।’ नेकपा एमालेका सांसद योगेश भट्टराईले अन्य कतिपय देशरुले पनि पेट्रोलियम पर्दाथ खरिदका लागि सस्तो बजार खोजेको पाएको उल्लेख गरे ।
उनले भने, ‘हामी पनि सस्तो बजार किन खोज्दैनौं ?’ उनले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाउन पनि आग्रह गरे । पेट्रोलियम पदार्थ खरिदका लागि सस्तो बजार खोज्न नेपाली कांग्रका सांसद दिव्यमणि राजभण्डारीले आग्रह गरे ।
नेकपा एमालेका सांसद नवराज सिलवालले मुल्यबृद्धि घटाउने, जनतालाई राहत दिने कार्यक्रम ल्याउन सुझाव दिए ।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले तीव्र गतिमा काम अघि बढाइरहेको बताउँदै होटल व्यवसायीहरूले उठाउँदै आएका समस्या...
काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विश्वभर रहेका नेपाली विज्ञ, अनुसन्धानकर्ता तथा पेशाकर्मीलाई नेपालको नवप्रवर्तन अभियानमा सक्रिय रूपमा...
काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सरकारले जनसरोकारका विषयहरूलाई ‘स्टन्ट’ र ‘फन्डा’ मार्फत विषयान्तर गर्न खोजेको...