
नयाँ विकल्प,
काठमाडौं – वामदेव गौतम नेतृत्वको नेकपा एकता केन्द्रीय समन्वय समितिमा ७० जना केन्द्रीय समिति सदस्य हुने भएका छन् । गौतमले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर पार्टी घोषणा गर्दैछन् । पार्टीमा गौतमकी पत्नी तुलसा थापा र छोरा हरिषदेव गौतम पनि केन्द्रीय सदस्य रहेका छन् ।
प्रतिनिधिसभा सदस्य समेत रहेकी थापालाई केन्द्रीय कमिटी सदस्यको दोस्रो नम्बरमा राखिएको छ भने गौतमका छोराको नाम केन्द्रीय कमिटी सदस्यको पाचौँ नम्बरमा छ । केन्द्रीय समितिमा रहेका अन्यमा गौतमसहित तोफा यादव, ज्ञानुमाया रिजाल, दिपक कुमार टमाटा, कमल बस्नेत, उदयराज अधिकारी, इमानसिंह भारती, युवराज पौडेल, महेन्द्र अर्याल, डिल्ली भट्टराई, रामप्रकाश अधिकारी, नवराज ढुंगाना, ओम चालिसे, डिबी कार्की, डा कुमार आचार्य, लगाएतका सदस्य रहेका छन् ।
यस्तै डा रमेश खरेल, पविता लिम्बु, युवराज सफल, द्वारिका निरौला, तेजबहादुर कार्की, भगवती ढकाल, विष्णुराज अर्याल, कृष्णगोपाल बञ्जारा, गुणबहादुर बञ्जारा, सुरेशरत्न बज्राचार्य, मीननाथ देवकोटा, सरस्वती न्यौपाने, सरस्वती अधिकारी, निलकण्ठ पौडेल, नवीन ढकाल, रामचन्द्र भण्डारी (कुमार), प्रमोद उपाध्याय, रामकृष्ण चौलागाईँ, उर्मिला श्रेष्ठ, रामबहादुर भण्डारी, राजकुमार हुमागाईं, लगायत पनि केन्द्रीय समितिमा रहेका छन् ।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले तीव्र गतिमा काम अघि बढाइरहेको बताउँदै होटल व्यवसायीहरूले उठाउँदै आएका समस्या...
काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विश्वभर रहेका नेपाली विज्ञ, अनुसन्धानकर्ता तथा पेशाकर्मीलाई नेपालको नवप्रवर्तन अभियानमा सक्रिय रूपमा...
काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सरकारले जनसरोकारका विषयहरूलाई ‘स्टन्ट’ र ‘फन्डा’ मार्फत विषयान्तर गर्न खोजेको...