प्रचण्ड र डा.बाबुराम भट्टराईबीच सिंहदरबारमा छलफल – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

प्रचण्ड र डा.बाबुराम भट्टराईबीच सिंहदरबारमा छलफल

नयाँ विकल्प,

काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईबीच सिंहदरबारमा छलफल चलिरहेको छ ।
माओवादीको संसदीय दलको कार्यालयमा अध्यक्ष प्रचण्ड र भट्टराईबीच छलफल चलिरहेको स्रोतले जनाएको छ । भट्टराई र प्रचण्डबीच यसअघि पटक पटक उपराष्ट्रपति नन्द बहादुर पुनःको निवासमा भेट भइसकेको छ ।
अध्यक्ष प्रचण्ड भारत भ्रमणबाट फर्किसकेपछि दुईजनाको यो पहिलो भेट हो । जसपाबाट कारबाहीमा पर्नु अघिदेखि नै भट्टराईले नयाँ पार्टी गठन गर्न बाटो खुलाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई पटक पटक आग्रह गर्दै आइरहेका थिए । अहिले पनि उनी जसपाबाट निस्कन चाहिरहेका छन् तर कानुनले साथ नदिएको कारण त्यहीँ अल्झिरहेका छन् ।
दल विभाजनसम्बन्धी ऐन सक्रिय बनाएर पार्टी विभाजन गर्न सहज बनाई दिन अध्यक्ष भट्टराईको आग्रह रहेको छ । स्रोतका अनुसार त्यही विषयमा दुई जनाबीच छलफल भइरहेको छ ।

सम्बन्धित समाचार

कांग्रेस सामाजिक अभियन्ता बन्न सक्नुपर्छ : सहमहामन्त्री डा. संग्रैाला
कांग्रेस सामाजिक अभियन्ता बन्न सक्नुपर्छ : सहमहामन्त्री डा. संग्रैाला
  • २०७९ श्रावण ३, १४: ३१

खोटाङ : नेपाली कांग्रेस यतिबेला गाउँगाउँमा संगठन विस्तारमा लागिपरेको छ । विशेष महाधिवेशनदेखि जरा अभियानसम्म कांग्रेसको नेतृत्व कुनै न कुनै...

नुहाउन गएका दुई बालकको डुबेर मृत्यु
नुहाउन गएका दुई बालकको डुबेर मृत्यु
  • २०७९ श्रावण ३, १४: ३१

रौतहट : रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको छ । आज दिउँसो बागमती नदीमा नुहाउन गएका...

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने
मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने
  • २०७९ श्रावण ३, १४: ३१

काठमाडौं : मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार १६ र १७ गते...