
नयाँ विकल्प,
काठमाडौं – प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक एवं बीपी कोइराला नेपाली राजनीतिमा जहिलेपनि अग्रपत्तिमा आउने नाम हो । पञ्चायती व्यवस्थाको चरम दबदबाबीच भारतबाट २०३३ साल पुस १६ गते नेपाल फर्किएका उनको सिद्धान्त आज पनि सान्दर्भिक भएकाले नेपाली जनतालेसधैं सम्झि रहेका छन् । देशमा ठूला ठूला परिवर्तन उनकै नेतृत्वमा भएकाले कम्युनिष्टसँगको सम्बन्ध र राष्ट्रियताप्रतिको वीपीको विचार अझ उचाइमा पुगेको छ । तर बीपीका अनुयायीहरुले भने चटक्कै भुलेको आरोप जनताले लगाइरहेको छन् । यसैबीच नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीशेश्वर प्रसाद कोइरालाको ४० औं स्मृति दिवसका अवसरमा जनताले हृदयदेखि नै सम्झीरहेका छन् । प्रजातन्त्र स्थापनाका लागि बीपीले खेलेको भूमिकाको चर्चा परिचर्चा गर्दै जननेता बीपी कोइराला नेपाली कांग्रेसका मात्र नभएर समग्र नेपालीकै प्रिय र आदर्श नेताका रुपमा देश तथा विदेशमा परिचित छन् । नेपालमा लोकतन्त्र स्थापना र जनाधिकारका लागि संघर्ष गरेकाले होला उनलाई स्वच्छ छविका नेता भनेर संज्ञा दिइएको छ । कोइरालाले साहित्य क्षेत्रमा पनि समानान्तर योगदान पु¥याएका कारण उनलाई साहित्यकारका रुपमा चिन्नेपनि धेरै छन् । वीपी कोइरालाको निधनपछिका ४० वर्ष नेपाली राजनीतिले विभिन्न उचारचढाव बेहोरेको छ । नेपालमा ऐतिहासिक र युगान्तकारी परिवर्तनको शुरुवाती विगुल फुकेका कोइरालाको सिद्धान्त आज पनि कांग्रेसको आदर्शका रुपमा परिचित छ ।राणा शासनको अन्त्य गर्दै उदाएको कांग्रेस र २०१५ सालमा भएको पहिलो आम निर्वाचनमा एक्लैले दुई तिहाई मत ल्याएको थियो । १०९ मध्ये ७४ सिट प्राप्त गरेपछि विपी जननिर्वाचित पहिलो सरकारको प्रधानमन्त्री भए । तर आज बीपीकै आदर्श बोकेको कांग्रेस अरुको साहरामा मात्र चुनावमा जानुपर्ने बाध्यता किन आयो भनेर लक काट्न थालिएको छ ।जनतामा जान पनि अरुको साहरा लिनुपर्ने अवस्थाले लोकतन्त्रका हिमायती सच्चा कांग्रेसीहरुका लागि यो लज्जाको विषय भएको जनगुनासो आउन थालेको छ । तत्कालिन अवस्थामा नेपालमा कम्युनिष्ट पार्टीको गतिविधि बढेकोमा दुःखी भएका बीपीको योगदान भुल्दै पार्टीका नेताहरुको अहिलेको हिमचिम सबैभन्दा बढी छद्मभेषी कम्युनिष्टसँगै भएको देखिन्छ ।२००७ को राणाविरोधी आन्दोलन होस् या २०१९ पछि पञ्चायतविरोधी आन्दोलन बीपीले तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका महासचिव पुष्पलालले सहकार्यका लागि गरेको आग्रहलाई ठाडै अस्वीकार गरिदिएको इतिहास साक्षी छ । वीपीको मेलमिलाप नीतिले पनि कम्युनिष्टसँग नभई राजासँगको सहकार्यमा आधारित लोकतान्त्रिक प्रणालीको विकास गरेको थियो ।राजनीतिक संकटका बेलासमेत पुष्पलालको कार्यगत एकताको प्रस्ताव अस्वीकार गरेका बीपी नेतृत्वको त्यो कांग्रेस र शेरबहादुर देउवा नेतृत्वको आजको कांग्रेसबीच आकास जमिनको फरक रहेको नेताहरुले बताएका छन् ।२०४६ सालमा भएको राजनैतिक परिवर्तनपछि माओवादी विद्रोहका क्रममा कांग्रेस सिध्याउनका लागि हिड्नेसँग आज छुट्टिनै नसकिने गरी लगनगाँठो कसेका नेताहरुले वीपीको सिद्धान्त लत्याउँदै गएका मात्रै छैनन्, घाँटी जोडेर हिडेका छन् । टाउकोको मूल्य तोक्ने र तोकिनेबीच घाँटी जोडिदा बीपीको सिद्धान्तको अवमूल्यन भएको छ भनेर जनताले दावी गरिरहेका छन् । हिजो प्रधानशत्रु बनेकाहरु आज दाजुभाइजस्तो सम्बन्धनमा बाँधिनु कसरि वीपीको सिद्धान्तविपरीत भएको तर्क बेलाबेलामा हुने गरेको छ । तर कांग्रेसका नेताहरु भने आजको अवस्थामा सिद्धान्त नै नमिल्ने दलहरुसँगको मिलेमतोलाई बाध्यताको उपज भनि हिडिरहेका छन् । कांग्रेसले राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई आफ्नो आदर्श मान्ने गरेको छ। ती आदर्शहरु केवल विधानमा सीमित रहेका छन् भनेर समाजवादमा मुलुकलाई पु¥याउने बीपीको सपना पूरा गर्न कांग्रेसमा न त बहस हुन्छ न त कार्ययोजना नै बनेको भनेर कुर्लन थालेका छन् । हरेक नेपालीको घरमा दुहुनो गाई होस भन्ने बीपी कोइरालाको त्यो चेत र चाहना आज पनि पूरा हुन सकेको छैन ।नेपालमा पटकपटक जनताकै आडमा भएका राजनीतिक क्रान्तिबाट व्यवस्थाहरु परिवर्तन भए पनि जनताको अवस्थामा कुनै परिवर्तन आउन सकेको छैन । वीपीको विचार र सिद्धान्त अहिले सिमित व्यक्तिका लागि हात्तीको देखाउने दाँत र सत्ता प्राप्तिका लागि भ¥याङ मात्रै बनेको भनेर काँग्रेस कार्यकर्ता र नेताहरुले बताएका छन् । आफूलाई वीपीको अनुयायी हुँ भन्नेहरुले यसमा गम्भीर भएर सोच्नु जरुरी छ । यदि यसो गरिएन भने जनताले हविगति देखाइदिनेमा कुनै शंका नरहने कार्यकर्ताले बताउँदै आएका छन् । भट्टराईलगायतका वक्ताले नेपाली राजनीतिमा विपीको चर्चा गरेका थिए ।
खोटाङ : नेपाली कांग्रेस यतिबेला गाउँगाउँमा संगठन विस्तारमा लागिपरेको छ । विशेष महाधिवेशनदेखि जरा अभियानसम्म कांग्रेसको नेतृत्व कुनै न कुनै...
रौतहट : रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको छ । आज दिउँसो बागमती नदीमा नुहाउन गएका...
काठमाडौं : मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार १६ र १७ गते...