सभामुखलाई दिउँसो ३ बजे प्रतिवेदन आजै संसदमा पेश गर्ने तयारी – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

सभामुखलाई दिउँसो ३ बजे प्रतिवेदन आजै संसदमा पेश गर्ने तयारी

नयाँ विकल्प,

काठमाडौं – बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश सम्बन्धमा एमालेका माग बमोजिम गठन भएको संसदीय छानबिन समितिले शुक्रबार दिउँसो ३ बजे सभामुख अग्नि सापकोटालाई प्रतिवेदन बुझाउने तय भएको छ । प्रतिवेदन बुझाएसँगै आजकै बैठकमा प्रतिवेदन पेश गर्ने तयारी भएको संसद सचिवालय स्रोतले जनाएको छ ।
करका दर हेरफेर गरेको भनिएको आरोपमा समितिले १७ दिन लगाएर छानबिन गरेको थियो। बजेटको अघिल्लो राति १४ जेठमा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश भए–नभएको छानबिन गर्न प्रतिनिधिसभाले २२ असारमा समिति गठन गरेको थियो । जसको समयावधि बिहीबार सकिएको थियो ।
समिति निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा विरुद्ध लागेको आरोप प्रमाणित गर्ने प्रमाण जुटाउन भने सकेन । सो समितिलाई सुरूमा १० कार्य दिन दिइए पनि तोकिएको समयमा आवश्यक काम नसकिएपछि थप ७ दिन म्याद थपिएको थियो ।
यसबीचमा समितिले अर्थमन्त्रालयका सचिव, महाशाखा प्रमुख, भन्सार विभागका महानिर्देशक, राजश्व विभागका महानिर्देशक लगायतसँग बयान लिएको थियो । यस्तै, अर्थमन्त्री शर्मासँग समेत साढे ३ घन्टा लामो बयान लिइएको थियो । तर, अर्थमन्त्रालयका सम्पूर्ण प्रतिनिधिसँग लिइएको बयानका क्रममा बजेट बनाउँदा लागेको आरोप पुष्टि गर्ने कुनै आधार भेटिएन ।

यस्तै, समितिले अर्थमन्त्रालयसँग सीसीटीभी फुटेज समेत माग गरेको थियो । समितिले गृहमन्त्रालयलाई सिंहदरबार छिर्ने दुई गेटको सीसीटीभी फुटेज समेत मागेको थियो । तर, त्यसमा समेत अर्थमन्त्री शर्माविरुद्ध लागेको आरोप पुष्टि हुने प्रमाण नभेटिएको बताइन्छ ।

सम्बन्धित समाचार

कांग्रेस सामाजिक अभियन्ता बन्न सक्नुपर्छ : सहमहामन्त्री डा. संग्रैाला
कांग्रेस सामाजिक अभियन्ता बन्न सक्नुपर्छ : सहमहामन्त्री डा. संग्रैाला
  • २०७९ श्रावण १३, १३: ५३

खोटाङ : नेपाली कांग्रेस यतिबेला गाउँगाउँमा संगठन विस्तारमा लागिपरेको छ । विशेष महाधिवेशनदेखि जरा अभियानसम्म कांग्रेसको नेतृत्व कुनै न कुनै...

नुहाउन गएका दुई बालकको डुबेर मृत्यु
नुहाउन गएका दुई बालकको डुबेर मृत्यु
  • २०७९ श्रावण १३, १३: ५३

रौतहट : रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको छ । आज दिउँसो बागमती नदीमा नुहाउन गएका...

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने
मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने
  • २०७९ श्रावण १३, १३: ५३

काठमाडौं : मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार १६ र १७ गते...