निर्वाचनका लागि‌ मतपत्र छपाइ सुरु – Naya Bikalpa
September 7, 2026, Monday      Epaper

निर्वाचनका लागि‌ मतपत्र छपाइ सुरु

 

नयाँ‌ विकल्प,

काठमाडौं – ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली तर्फ (प्रत्यक्षतर्फ)को मतपत्र छपाइ सुरु भएको छ । निर्वाचन आयोगका अनुसार मतपत्रमा उम्मेदवारको मात्र चिह्न रहनेछ ।

निर्वाचन आयोगका अनुसार प्रत्येक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रका छुट्टाछुट्टै हुने गरी ४९५ प्रकारका मतपत्र छापिने छन् ।

बुधबार उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरेसँगै निर्वाचन आयोग प्रदेशसभा तथा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्रको छपाइमा जुटेको हो ।

समानुपातिकतर्फको मतपत्र छपाइ सकिएको पनि आयोगले जनाएको छ । भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा मतपत्र छपाइको प्रबन्ध मिलाइएको छ ।

 

 

सम्बन्धित समाचार

कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
  • २०७९ आश्विन २७, १९: २८

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको दुईदिने बैठक ललितपुरस्थित बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ । सभापति गगन कुमार...

विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
  • २०७९ आश्विन २७, १९: २८

ललितपुर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएकी छिन् । सोमबार बसेको...

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य बीमा सेवा सहज बनाइने
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य बीमा सेवा सहज बनाइने
  • २०७९ आश्विन २७, १९: २८

काठमाडौं : स्वास्थ्य बीमा बोर्डले बाढी प्रभावित जिल्लाहरुमा बीमा सेवामा सहजीकरण गर्ने भएको छ । बोर्डले आज विज्ञप्ती जारी गर्दै यही...