कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, यी विषयमा हुँदैछ छलफल – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, यी विषयमा हुँदैछ छलफल

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा घोषणापत्रको मस्यौदालाई अन्तिम रुप दिने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

यसैगरी बैठकमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको तयारी, निर्वाचनका लागि विभिन्न परिचालन समिति गठन गर्नेलगायत समसामयिक विषयमा छलफल हुने उनले बताए ।

आगामी आमनिर्वाचनका लागि कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा गठन गरेको घोषणापत्र तयारी समितिले देशभरबाट विभिन्न उपसमितिमार्फत सुझाव सङ्कलन गरी मस्यौदा तयार गरिसकेको छ ।

निर्वाचनमा दलहरुका उम्मेदवार प्रचारमा जुटिसक्दा पनि दलले घोषणापत्र जारी नगरिसकेको अवस्थामा कांग्रेसले घोषणापत्रको मस्यौदालाई अन्तिम रुप दिन लागेकोे हो । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि देशभरका सबै उम्मेदवारलाई यही असोज २६ गते चुनाव चिह्न प्रदान गरेसँगै सबै उम्मेदवार आफ्नो प्रचारप्रसारमा जुटिसकेका छन् ।

सम्बन्धित समाचार

कांग्रेस कार्यसम्पादन समिति बैठक : उद्धारमा ढिलाइ भएको भन्दै बाढी क्षेत्रका जनप्रतिनिधिहरूको आक्रोश
कांग्रेस कार्यसम्पादन समिति बैठक : उद्धारमा ढिलाइ भएको भन्दै बाढी क्षेत्रका जनप्रतिनिधिहरूको आक्रोश
  • २०७९ आश्विन २८, १३: ३५

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । बैठकको प्रारम्भमै देशका...

कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता
कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता
  • २०७९ आश्विन २८, १३: ३५

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । भेटका क्रममा दुई नेताबीच कांग्रेसभित्र देखिएको...

रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइयो
रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइयो
  • २०७९ आश्विन २८, १३: ३५

काठमाडौं : विनाशकारी बाढीपछि हैजाको जोखिम बढेपछि रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को...