
नयाँ विकल्प,
काठमाडौं – राजनीतिक दलहरुले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्द सूचीमा रहेका उम्मेदवारहरुविरुद्ध निर्वाचन आयोगमा १९ वटा उजुरी परेको छ ।
निर्वाचन आयोगका कर्मचारीहरुका अनुसार प्राप्त उजुरीमाथि आयोगले अध्ययन गरिरहेको छ ।
यसअघि राजनीतिक दलहरुले असोज २ र ३ गते आयोगमा समानुपातिक तर्फको बन्द सूची बुझाएका थिए । उक्त बन्दसूचीमा हेरफेर गर्न आयोगले दलहरुलाई असोज १६ गतेसम्मको समय दिएको थियो ।
दलहरुका तर्फबाट नाम हेरफेर गर्न दिने लगायतका कार्य सकाएपछि आयोगले दाबी विरोध र उजुरीका लागि खुला गरेको थियो । दलहरुका तर्फबाट पेश भएको र संशोधन भइ दलहरुका तर्फबाट फाइनल भएको उम्मेदवारहरु उपर आयोगले दाबी, विरोध र उजुरी लिएको हो ।
प्राप्त उजुरीहरुको अध्ययन,जाँचबुझ गरेर कार्तिक ९ गते समानुपातिकतर्फको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।
कास्की : रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा बेपत्ताहरूको खोजी तथा शव पहिचानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट आफन्तको डीएनए नमुना...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको...
गोरखा : गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका– ४ र २ भएर बग्ने थेराङखोलाको बाढीले ४ घर र १ पुल बगाएको...