सुदूरपश्चिममा समानुपातिक प्रणालीतर्फको मतपत्र ढुवानी सुरु – Naya Bikalpa
September 7, 2026, Monday      Epaper

सुदूरपश्चिममा समानुपातिक प्रणालीतर्फको मतपत्र ढुवानी सुरु

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी सुरु भएको छ । निर्वाचन आयोगले कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा, बझाङ, बैतडी, दार्चुलालगायतका जिल्लामा मतपत्र पठाइएको छ ।

बागमती, मधेश र प्रदेश नं १ का जिल्लामा यसअघि नै मतपत्र ढुवानी भइसकेको छ । पहिलो हुने निर्वाचित हुने प्रणाली प्रत्यक्ष तर्फ हालसम्म २० जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको छ ।

प्रतिनिधिसभातर्फ अछाम, डोटी, कैलाली र कञ्चनपुर तथा प्रदेशसभातर्फ डोटी, डडेलधुरा र कैलाली जिल्लाको मतपत्र छपाइ तथा प्याकिङ सम्पन्न भएसँगै पहिलो हुने निर्वाचित हुने प्राणालीतर्फको करिब ३० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ ।

हालसम्म एक करोड २८ लाख ४९ हजार ५ सय मतपत्र छपाइ भइसकेको आयोगले जनाएको छ । प्रदेश सभातर्फको ६४ लाख ३२ हजार ५ सय र प्रतिनिधिसभातर्फ ६४ लाख १७ हजार रहेको छ ।

हाल कायम रहेको एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाताको लागि पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीका लागि करिब चार करोड र समानुपातिक निर्वाचन प्रणालीका लागि करिब चार करोड मतपत्र आवश्यक पर्ने आयोगले जनाएको छ ।

सम्बन्धित समाचार

कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
  • २०७९ कार्तिक ४, ०७: ००

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको दुईदिने बैठक ललितपुरस्थित बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ । सभापति गगन कुमार...

विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
  • २०७९ कार्तिक ४, ०७: ००

ललितपुर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएकी छिन् । सोमबार बसेको...

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य बीमा सेवा सहज बनाइने
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य बीमा सेवा सहज बनाइने
  • २०७९ कार्तिक ४, ०७: ००

काठमाडौं : स्वास्थ्य बीमा बोर्डले बाढी प्रभावित जिल्लाहरुमा बीमा सेवामा सहजीकरण गर्ने भएको छ । बोर्डले आज विज्ञप्ती जारी गर्दै यही...