नेपाली कांग्रेसले चुनावी घोषणापत्र सोमबार सार्वजनिक गर्ने – Naya Bikalpa
September 7, 2026, Monday      Epaper

नेपाली कांग्रेसले चुनावी घोषणापत्र सोमबार सार्वजनिक गर्ने

नयाँ विकल्प,

काठमाडौं – नेपाली कांग्रेसले चुनावी घोषणापत्र सोमबार सार्वजनिक गर्ने भएको छ । यसअघि आइतबार नै सार्वजनिक गर्ने तयारी गरे पनि सोमबार विहान साढे १० बजेका लागि सारिएको घोषणापत्र तयारी समितिका प्रवक्ता तथा कांग्रेस सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।
आइतबार सुदूरपश्चिम र कर्णालीमा सत्तारुढ गठबन्धनको कार्यक्रममा सहभागी हुन गएका पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा फर्किन ढिलाइ भएकाले घोषणापत्र सार्वजनिक कार्यक्रम सोमबारलाई सारिएको हो ।

कांग्रेसले आइतबार साँझ भर्चुअल माध्यमबाट घोषणापत्र सार्वजनिक गर्ने भनेको थियो । तर सभापति देउवा अनलाइन माध्यमबाट पनि जोडिने सम्भावना नभएपछि सोमबारका लागि सारिएको सहमहामन्त्री परियारले जानकारी दिए ।

 

 

 

सम्बन्धित समाचार

कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
  • २०७९ कार्तिक ६, १९: ४०

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको दुईदिने बैठक ललितपुरस्थित बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ । सभापति गगन कुमार...

विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
  • २०७९ कार्तिक ६, १९: ४०

ललितपुर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएकी छिन् । सोमबार बसेको...

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य बीमा सेवा सहज बनाइने
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य बीमा सेवा सहज बनाइने
  • २०७९ कार्तिक ६, १९: ४०

काठमाडौं : स्वास्थ्य बीमा बोर्डले बाढी प्रभावित जिल्लाहरुमा बीमा सेवामा सहजीकरण गर्ने भएको छ । बोर्डले आज विज्ञप्ती जारी गर्दै यही...