कोशी सरकारविरुद्धको रिट न्यायाधीशद्वय माथेमा र श्रेष्ठको संयुक्त इजलासमा – Naya Bikalpa
October 14, 2026, Wednesday      Epaper

कोशी सरकारविरुद्धको रिट न्यायाधीशद्वय माथेमा र श्रेष्ठको संयुक्त इजलासमा


काठमाडौं । कोशी प्रदेश सरकारको वैधानिकतालाई चुनौती दिँदै दर्ता गरिएको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेसी तोकिएको छ ।

कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई असंवैधानिक रुपमा मुख्यमन्त्री नियुक्त गरिएको भन्दै पूर्व मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीका तर्फबाट सर्वोच्च अदालतमा असार २२ गते रिट निवेदन दर्ता गरिएको थियो ।

सरकार गठनमा सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर प्रयोग गरिएको भन्दै कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा र सभामुख गौतमलाई विपक्षी बनाएर रिट निवेदन दिएका हुन् । रिट निवेदनमा कार्कीले आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परामादेशको मागसमेत गरेका छन् ।

सम्बन्धित समाचार

प्रस्तावित राजदूतमध्ये १० जनाको नाम अनुमोदन, साउदीका लागि प्रस्तावित राजदूत सुनारको अस्वीकृत
प्रस्तावित राजदूतमध्ये १० जनाको नाम अनुमोदन, साउदीका लागि प्रस्तावित राजदूत सुनारको अस्वीकृत
  • २०८० श्रावण ८, ११: ४९

काठमाडौं : विभिन्न देशका लागि सरकारले प्रस्ताव गरेका १३ जना राजदूतमध्ये १० जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ...

विषय विज्ञमा डा. केदार नरसिंहलाई सर्वाधिक मत
विषय विज्ञमा डा. केदार नरसिंहलाई सर्वाधिक मत
  • २०८० श्रावण ८, ११: ४९

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा विषय विज्ञतर्फ डा. केदार नरसिंह केसीले अग्रता लिएका छन् । ३०२१ मत गणना हुँदा...

कांग्रेसको खस-आर्य सहमहामन्त्रीमा मनोजमणि र जगदीश्वरनरसिंहको तीव्र प्रतिस्पर्धा
कांग्रेसको खस-आर्य सहमहामन्त्रीमा मनोजमणि र जगदीश्वरनरसिंहको तीव्र प्रतिस्पर्धा
  • २०८० श्रावण ८, ११: ४९

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सहमहामन्त्री (खस–आर्य क्लस्टर) तर्फको मतगणनामा मनोजमणि आचार्यले अग्रता कायम गरेका छन् । केन्द्रीय निर्वाचन...