देउवा सरकारको आयु नलम्ब्याउन राष्ट्रपतिसँग फोरमको आग्रह – Naya Bikalpa
July 15, 2026, Wednesday      Epaper

देउवा सरकारको आयु नलम्ब्याउन राष्ट्रपतिसँग फोरमको आग्रह

काठमाडौं । संघीय समाजवादी फोरम नेपालले राष्ट्रियसभा सम्वन्धी अध्यादेश तत्काल जारी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सुझाएको छ । दलहरु परामर्शका क्रममा राष्ट्रपतिले आइतबार फोरम अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष राजेन्द्र श्रेष्ठसँग छलफल गर्ने क्रममा फोरम नेताहरुले अध्यादेश नरोक्न सुझाव दिएका हुन् । जति दिन अध्यादेश रोक्यो, त्यति नै शेरबहादुर देउवा सरकारको आयु लम्बिने नेता श्रेष्ठले बताए । राष्ट्रपति भण्डारीले चुनाव प्रणालीबारे दलहरुबीच विवाद देखिएको भन्दै फोरमको पनि धारणा मागेकी छन् । जवाफमा फोरम नेताहरुले भने कांग्रेस र एमालेले नाफाघाटा हेर्दा यो अवस्था आएको धारणा व्यक्त गरेका छन् । ‘बहुमतीयमा जाने हो भने हामीले चार सिट जित्छौं तर, यो बहस राष्ट्रियसभाको कम्पोजिसन कस्तो बनाउने भन्ने हो’ श्रेष्ठ भन्छन्, ‘हामीलाई २÷३ सिट मात्र होस् तर देशलाई फाइदा हुुनुपर्छ ।’
संघीय फोरमले सरकारले प्रस्ताव गरेको एकल संक्रमणीय मत प्रणालीको समर्थन गरेको छ । छलफलका क्रममा एकल संक्रमणीय मत प्रणालीलाई त संविधानले चिन्दैन भन्ने तर्क पनि आएको थियो । तर, फोरम नेताहरुले एकल संक्रमणीय पनि समानुपातिक प्रणाली भएको भन्दै सरकारले अघि सारेको अध्यादेशको समर्थन गरेका छन् ।
आफूहरुले राष्ट्रिय सभाको चुनाव गरेपछि मात्र प्रतिनिधिसभाले पूर्णता पाउने र सरकार गठनको बाटो खुल्ने प्रष्ट मत राखेको फोरम सअध्यक्ष श्रेष्ठले बताए । ‘संसारकै उत्कृष्ट संविधान बनाएको भन्ने कांग्रेस र एमालेले गर्न नहुने उनले बताए । अब तुरुन्त अध्यादेश जारी गरि राष्ट्रियसभाको चुनाव गरेर मात्र समानुपातिकको सांसद छानेर प्रतिनिधिसभालाई पूर्णता दिन सकिने उनको तर्क थियो ।

सम्बन्धित समाचार

पर्यटन प्रवर्द्धनमा सरकार सक्रिय, होटल व्यवसायीका चिन्ता सम्बोधन हुने प्रधानमन्त्री शाहको विश्वास
पर्यटन प्रवर्द्धनमा सरकार सक्रिय, होटल व्यवसायीका चिन्ता सम्बोधन हुने प्रधानमन्त्री शाहको विश्वास
  • २०७४ पुष १०, ०९: ११

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले तीव्र गतिमा काम अघि बढाइरहेको बताउँदै होटल व्यवसायीहरूले उठाउँदै आएका समस्या...

विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
  • २०७४ पुष १०, ०९: ११

काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विश्वभर रहेका नेपाली विज्ञ, अनुसन्धानकर्ता तथा पेशाकर्मीलाई नेपालको नवप्रवर्तन अभियानमा सक्रिय रूपमा...

कांग्रेसले संसद्‌मा भन्यो- राज्य सञ्चालन कुनै बर्थडे पार्टी जस्तो ‘सरप्राइज’ दिने विषय होइन
कांग्रेसले संसद्‌मा भन्यो- राज्य सञ्चालन कुनै बर्थडे पार्टी जस्तो ‘सरप्राइज’ दिने विषय होइन
  • २०७४ पुष १०, ०९: ११

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सरकारले जनसरोकारका विषयहरूलाई ‘स्टन्ट’ र ‘फन्डा’ मार्फत विषयान्तर गर्न खोजेको...