December 8, 2021, Wednesday

प्रियासनलाई उत्सर्ग सिर्जना पुरस्कार

दाङ । संचारकर्मी एवं गीतकार सबिन प्रियासनलाई उत्सर्ग फिल्मस् नेपालले उत्सर्ग सिर्जना पुरस्कार प्रदान गर्ने भएको छ ।

कला, संचार एवं साहित्यको माध्यमबाट नेपाली समाजको रुपान्तरणमा योगदान पुर्‍याएको भन्दै प्रियासनलाई उक्त पुरस्कार प्रदान गरिएको उत्सर्ग फिल्मस् नेपालका अध्यक्ष के एल पीडितले बताए ।

नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष प्रियासन दुई दशकदेखि कला, साहित्य एवं संचार क्षेत्रमा क्रियाशील छन् । रोदनपछि, भूमरी, पुनरागमन, पल्लवी, सहनशीला, लक्की चार्म, सेल्फी, एयरहोस्टेज, लकडाउन लभ १० वटा उपन्यास, सपनाभित्रको सपना (कथा संग्रह) र सम्पादकीय (लेख संग्रह) गरी साहित्यकार प्रियासनका १२ वटा कृति प्रकाशित छन् ।

प्रियसन चलचित्र परशुरामको कार्यकारी निर्मातासमेत हुन् । उनीका ७ वटा गीतहरु रेकर्ड भएका छन् भने सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् । प्रियासन जनसेवा पदकबाट विभुषित भइसकेका छन् ।

सम्बन्धित समाचार

आज राम–सीता विवाह महोत्सव, जनकपुर सिंगारियाे
आज राम–सीता विवाह महोत्सव, जनकपुर सिंगारियाे
  • २०७८ कार्तिक २, १३: ३४: १२

काठमाडौं । अयोध्याका राजकुमार राम र मिथिलाका राजा जनककी छोरी सीता (जानकी) को बिहे भएको सम्झनामा आज विवाह पञ्चमी महोत्सव...

पर्यटन प्रवर्द्धनका लागि सरकारले चढायो रामदेवलाई बिन्तीपत्र !
पर्यटन प्रवर्द्धनका लागि सरकारले चढायो रामदेवलाई बिन्तीपत्र !
  • २०७८ कार्तिक २, १३: ३४: १२

काठमाडौं । नेपालको आध्यात्मिक र योगका माध्यमबाट पर्यटन प्रवर्द्धन गरिदिन भारतीय योगगुरु रामदेवसमक्ष नेपाल सरकारले बिन्तीपत्र गरेको छ । पशुपतिनाथ...

तीन स्रष्टा सम्मानित
तीन स्रष्टा सम्मानित
  • २०७८ कार्तिक २, १३: ३४: १२

विराटनगर । तीन स्रष्टालाई नारी स्रष्टा समाजले पुरस्कृत गरेको छ । विराटनगरमा आयोजित कार्यक्रममा कवि साहित्यकार तथा कलाकार रमेश श्रेष्ठलाई...