बिर्तामाड । बिर्तामोडबाट ‘बिर्तामोड सन्देश’ त्रैमासिक बुलेटिनको प्रकाशन शुरु भएको छ । बिर्तामोडको सेरोफेरो र उद्योग व्यवसायसँग सम्बन्धित विषय समेट्ने गरी बिर्तामोड उद्योग वाणिज्य संघले उक्त बुलेटिनको प्रकाशन शुरु गरेको छ ।
बिर्तामोड नगरपालिकाका मेयर धुवकुमार शिवाकोटी, बाणिज्य संघका अध्यक्ष कुमार भट्टराई लगायतले उक्त बुलेटिनको सामुहिक रुपमा विमोचन समेत गरे ।
उद्योग व्यवसायको प्रबद्र्धनमा टेवा पु¥याउन र संघका गतिविधि हरेक उद्योगी व्यवसायीमाझ सम्प्रेषण गर्न बुलेटिन प्रकाशन गरिएको अध्यक्ष भट्टराईले बताए । बुलेटिन प्रकाशनका लागि संघले सञ्जीव घिमिरेको संयोजकत्वमा ५ सदस्यीय समिति बनाएर काम शुरु गरेको छ ।
जसको सदस्यहरुमा खगेन्द्र खरेल, उर्मिला विमली खरेल, राजकुमार साह र कुशल खतिवडा समेत रहेका छन् ।
बिर्तामोड सन्देश बुलेटिनको सम्पादकमा एकराज गिरी, फोटो पत्रकार विनोद पाण्डे ‘कमल’, डिजाइनमा सन्तोष अधिकारी तथा प्रतिनिधिहरुमा राजु गौतम र सुनिल विश्वकर्मा रहेका छन् । रंगीन क्लेबरमा रहेको बिर्तामोड सन्देशको पहिलो अंक ४० पृष्ठको रहेको छ । बिर्तामोडको सेरोफेरो तथा उद्योग व्यवसायसँग सम्बन्धित विविध लेख, रचना उपलब्ध गराउन घिमिरेले आग्रह समेत गरेका छन् ।
१. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने...
१.नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेपाली कांग्रेसको विशेष अधिवेशनमार्फत् प्राप्त कार्यादेशको आधारमा गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन...
१. संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीबालेन्द्र शाहको प्रस्तुति संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको तर्फबाट सरकार प्रमुखको हैसियतले आफ्ना विचार राखेर सम्माननीयप्रधानमन्त्रीबालेन्द्र...