‘आरुष-टाइगर अन्तर्राष्ट्रिय कविता प्रतियोगिता – २०८२’ को लागि कविता आह्वान – Naya Bikalpa
October 16, 2026, Friday      Epaper

‘आरुष-टाइगर अन्तर्राष्ट्रिय कविता प्रतियोगिता – २०८२’ को लागि कविता आह्वान

काठमाडौं । साहित्यिक पत्रकार संघले दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर अन्तर्राष्ट्रिय कविता प्रतियोगिता – २०८२” को सूचना सार्वजनिक गरेको छ ।सो प्रतियोगिता अमेरिकामा रहनु हुने समाजसेवी सपना राउतले रकम प्रायोजन गर्ने पनि जनाएको छ ।
सो प्रतियोगिताको लागि कविता समसामयिक विषयमा लेखिएको हुनुपर्ने पनि जनाएको छ । साथै प्रतियोगितामा ४० वर्ष उमेर ननाघेकाहरू मात्र सहभागी हुन पाउनेछन् र कविता अप्रकाशित हुनुपर्ने पनि संघका अध्यक्ष राधेश्याम लेकालीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

प्रतियोगितामा प्रथम हुनेले रु. ३०,०००।- र, दोश्रा हुनेले रु. २०,०००।- र तेस्रा हुनेले रु. १०,०००।-सहित प्रमाणपत्र पाउने पनि उल्लेख गरिएको छ । साथै सहभागी उत्कृष्ट २५ कविलाई प्रमाणपत्र प्रदान प्रदान गर्ने पनि जनाइएको छ ।संघले प्रतियोगिताको लागि कविता प्राप्त हुनुपर्ने अन्तिम दिन २०८२ पुसमसान्तलाई तोकेको छ ।प्रतियोगितामा समावेश उत्कृष्ट कविताहरूको सङ्ग्रह प्रकाशित गर्ने पनि जनाएको छ ।

सम्बन्धित समाचार

गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
  • २०८२ मंसिर ३, १७: १६

काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...

हाकिमलाई रिझाएर होइन, काम र नतिजाको आधारमा निष्पक्ष मूल्याङ्कन हुने प्रणाली बनाइनेछ: गृहमन्त्री सुधन गुरुङ
हाकिमलाई रिझाएर होइन, काम र नतिजाको आधारमा निष्पक्ष मूल्याङ्कन हुने प्रणाली बनाइनेछ: गृहमन्त्री सुधन गुरुङ
  • २०८२ मंसिर ३, १७: १६

काठमाडौँ— गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुन प्रतिस्थापन गर्दै नयाँ प्रहरी विधेयक...

प्रहरी संगठनलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छ : गृहमन्त्री गुरुङ
प्रहरी संगठनलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छ : गृहमन्त्री गुरुङ
  • २०८२ मंसिर ३, १७: १६

काठमाडौं : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन कानुनमा सुधारको तयारी भइरहेको बताएका छन् । ७१औं...