विश्वको केन्द्रविन्दु नेपाल – Naya Bikalpa
October 8, 2026, Thursday      Epaper

विश्वको केन्द्रविन्दु नेपाल

कविः माधव साधक परियार

जीवनविज्ञानको मेरुदण्ड माधव मेरो नाउँ ।
हजुर हामी सबै मिली विकासको मुल फुटाउँ ।।

विश्वमा नेपालबाट बहाउँ प्रेमको गंगा धारा ।
हामीबाटै बदलिदिऔं चकित परुन् सारा ।।

जस्तो सोच त्यस्तै बन्छ अब पाइला सारौं ।
केन्द्रविन्दु विश्वको नै हामीले सफल पारौं ।।

सबैजना लाग्यौं भने दुई मत छैन यसमा ।
नयाँ किरण दिब्य ज्ञानको फैलिन्छ यो देशमा ।।

हाम्रो कुरा विश्वले नै सबै ठाउँमा सुन्छ ।
सबै जना एकजुट भए चाँडै सावित हुन्छ ।।

धेरै समय लाग्दैन थोरै समयमा पनि ।
सबैजना एकजुट भए बन्छ राष्ट्र धनी ।।

यही राष्ट्रमा कल–कारखाना उद्योग खोल्नुपर्छ ।
विदेश जाने युवाहरुलाई अब रोक्नुपर्छ ।।

सरकार दह्रो हुनुपर्छ कानून बनाउनुस् राम्रो ।
विश्वको नै केन्द्रविन्दु नेपाल बन्छ हाम्रो ।।

सम्बन्धित समाचार

जेन्जी गणेश अस्ताए
जेन्जी गणेश अस्ताए
  • २०७४ फाल्गुन ७, ०६: ३१

-सुन्दर पन्त, नागार्जुन-१०, काठमाडौं निलो क्रान्तिका योध्दाहरु अन्धो छैनौ भने हेर बहिरो छैनौ भने सुन आगोको लप्कामा जलेको गणेशको बारेमा...

आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज, देश–विदेशमा विविध कार्यक्रम
आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज, देश–विदेशमा विविध कार्यक्रम
  • २०७४ फाल्गुन ७, ०६: ३१

काठमाडौं । नेपाली भाषा, साहित्य र संस्कृतिका अमर साधक तथा आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विविध...

नेपाल तथा भारतका २८ जना प्राज्ञलाई नइ प्रज्ञा पुरस्कार
नेपाल तथा भारतका २८ जना प्राज्ञलाई नइ प्रज्ञा पुरस्कार
  • २०७४ फाल्गुन ७, ०६: ३१

काठमाडौँ। नइ एकेडेमीद्वारा आयोजित ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’मा सहभागी प्राज्ञहरुबाट आआफ्ना मन्तव्यपछि त्रिदिवसीय ऐतिहासिक सम्मेलनको समापन भएको छ ।समारोहमा...