बाक्लो कपडाको खोजीमा स्थानीयवासी – Naya Bikalpa
September 7, 2026, Monday      Epaper

बाक्लो कपडाको खोजीमा स्थानीयवासी

काठमाडौं–गत आइतबार रातिदेखि मौसममा फेरबदल आएसँगै हुम्लामा चिसो बढ्न थालेको छ । सोमबार बिहान सदरमुकाम सिमकोटसहित तल्लो क्षेत्रमा असिनापानी परेको थियो भने उच्च हिमाली क्षेत्रमा हिमपातसमेत भएको थियो ।

असिनापानीसहित उच्च क्षेत्रमा हिमपात हुँदा सदरमुकाम सिमकोटमा चिसो महसुस गर्न थालिएको छ । त्यहाँको तापक्रम माइनसमा झरेको छ ।

चिसो मौसम शुरु भएसँगै सदरमुकामवासीले बाक्लोबाक्लो कपडा लगाउन थालेका छन् । बिहान, बेलुका र राति चिसो अत्यधिक बढेको यहाँका स्थानीय राजबहादुर भण्डारीले बताए ।

चिसो बढेसँगै सदरमुकाम सिमकोटमा बसोबास गर्नेले बाक्लो कपडा खरिद गर्न थालेको बताए । चिसोको समयमा बाक्लो ज्याकेट, ऊनको टोपी, पञ्जा, गलबन्दीलगायतका बाक्लो कपडा खरिद गर्न थालेका छन् ।

सिमकोटमा रहेका पसलमा बाक्लो कपडाको खोजी गर्नेको सङ्ख्या बढ्नुका साथै यहाँका स्थानीयले बाक्लो कपडा खरिद गर्न थालेका छन् । बाक्लो खाले ज्याकेटको सिमकोटमा रु चार हजारदेखि माथिको मूल्यमा त्यहाँका किन्ने गरेका छन् ।

दिउँसो घाम राम्ररी लागे पनि चिसो हावाको मन्द चाप चिसो बढ्दै गएको महसुस सिमकोटका बासिन्दाले गरेका छन् । चिसोको समय शुरु भएसँगै सिमकोटमा बसोबास गर्दै आएका सिमकोट तल्लो गाउँ, माथिल्लो, बजारवासी, कर्मचारी र विद्यार्थीले दाउरासमेत खरिद गर्ने गर्दछन् ।

एक भारी दाउराको मूल्य सदरमुकाममा रु १ हजारसम्म पर्ने गरेको छ । चिसो याम शुरु भएसँगै न्यानो भएर बस्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

सम्बन्धित समाचार

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य बीमा सेवा सहज बनाइने
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य बीमा सेवा सहज बनाइने
  • २०७७ कार्तिक २१, ११: ००

काठमाडौं : स्वास्थ्य बीमा बोर्डले बाढी प्रभावित जिल्लाहरुमा बीमा सेवामा सहजीकरण गर्ने भएको छ । बोर्डले आज विज्ञप्ती जारी गर्दै यही...

विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल
विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल
  • २०७७ कार्तिक २१, ११: ००

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित एवं प्राकृतिक विपत्तिमा घरबारविहीन भएका, आफन्त...

परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सकी विदेशमन्त्री आदमबीच टेलिफोन वार्ता
परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सकी विदेशमन्त्री आदमबीच टेलिफोन वार्ता
  • २०७७ कार्तिक २१, ११: ००

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सकी विदेशमन्त्री इरौथिशाम आदमबीच सोमबार दिउँसो टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा विदेशमन्त्री आदमले...