
काठमाडौं । आगामी ३० बैशाखको स्थानीय तह निर्वाचन र पार्टीको विधान अधिवेशनबारे छलफल गर्न जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक डिल्ली बजारस्थित एक पार्टी प्यालेसमा बसेको छ ।
शनिबार संघीय परिषद्को पहिलो बैठक सम्पन्न गर्दै परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक प्रतिवदेन पेश गरेका थिए । बैठकले उक्त प्रतिवेदन सर्वसम्मलले पारित गरेको थियो ।
जसपामा कार्यकारी अध्यक्षका विषयमा जसपा अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराईबीच आन्तरिक द्वन्द्व उत्कर्षमा पुगेको र पार्टी नै विभाजन हुने स्थितिमा रहेकोले यस्ता पार्टीका समस्याहरुलाई कार्यकारण परिषद्को बैठक र केन्द्रीय समितिले समाधान गर्ने बताइएको छ ।
डा. बाबुराम भट्टराईले शनिबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनलाई जसपा केन्द्रीय समितिको बैठकमा पनि छलफल गर्ने तयारी चलेको छ । पार्टी भित्रका सबै आन्तरिक विवाद समाधान भएको जिकिर गर्दै संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीलाई चलाएमान गर्दै अब एक ढिक्का भएर अगाडी बढ्ने घोषणा समेत गरेका थिए ।
चितवन राष्ट्रिय निकुञ्जले जंगली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको...
काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक र पूर्वमा सरदर स्थान...
काठमाडौं : नेपाल र छिमेकी भारतबीच ऊर्जा क्षेत्रको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले संयुक्त निर्देशक समिति (जेएससी) र संयुक्त...