
धनगढी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकाश सपुतको गीत ‘पीर’को म्युजिक भिडियोमा विवाद नगर्न आग्रह गरेका छन् ।
माओवादीका जनवर्गीय संगठनसँगै केही नेताहरुले सपुतको उक्त गीतको म्युजिक भिडियो युट्युबबाट हटाउनुपर्ने चेतावनी दिइरहेका बेला प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन्।
उनले भने, ‘मैले पूरै गीत हेर्न पाएको छैन, अहिले हामी कोही उत्तेजित हुनुपर्ने कुरा छैन।’ यो विषयमा सयौं वर्षसम्म पनि बहस रहने उल्लेख गर्दै प्रचण्डले तर्क–वितर्क,पक्ष–विपक्षलाई स्वभाविक रूपले लिनुपर्ने बताए।
चितवन राष्ट्रिय निकुञ्जले जंगली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको...
काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक र पूर्वमा सरदर स्थान...
काठमाडौं : नेपाल र छिमेकी भारतबीच ऊर्जा क्षेत्रको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले संयुक्त निर्देशक समिति (जेएससी) र संयुक्त...