
काठमाडौं । संघीय संसद अन्तर्गतको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधिश पदमा सिफारिस भएका तिल प्रसाद श्रेष्ठको सुनुवाई प्रक्रिया अघि बढाएको छ ।
सिंहदरबारमा सोमबार बसेको समिति बैठकले न्यायपरिषद्बाट सिफारिस भएका श्रेष्ठका बिरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो । केहि दिन अघि बसेको न्यायपरिषद्को बैठकले सर्वोच्चको न्यायधिश पदका लागि बिराटनगर उच्च अदालतका मुख्य न्यायाधिश श्रेष्ठको नाम सिफारिस गरेको थियो ।
समितिले श्रेष्ठबिरुद्ध उजुरीका लागि १० दिने सूचना आह्वान गर्ने निर्णय गरेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । सभापति कर्णले १० दिनको समयपछि श्रेष्ठमाथिको थप सुनुवाई अघि बढ्ने बताए ।

सुनुवाई समितिबाट प्रस्तावित नाम अनुमोदन भए राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक व्यवस्था छ ।
काठमाडौं : संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका तीन जनाविरुद्ध उजुरी आह्वान...
काठमाडौं : बागमती प्रदेश सरकारले प्रदेशलाई औपचारिक रूपमा ‘सडक आश्रित सहयोगापेक्षी मानवमुक्त प्रदेश’ घोषणा गरेको छ। सामाजिक विकास मन्त्रालयद्वारा आयोजित...
काठमाडौँ : सर्वोच्च अदालतले सरकारद्वारा गठित ‘सम्पत्ति जाँचबुझ छानबिन आयोग’ को कामकारबाही तत्काल अगाडि नबढाउन अन्तरिम आदेश जारी गरेको छ...