तमोर आयोजनाको विषयलाई उच्च प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण – Naya Bikalpa
July 12, 2026, Sunday      Epaper

तमोर आयोजनाको विषयलाई उच्च प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण

काठमाडौं । चिनिया विदेशमन्त्री वाङ यी को नेपाल भ्रमणका समयमा तमोर जलासययुक्त आयोजनाको विषयलाई उच्च प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

आयोजना प्रभावित क्षेत्रका जनताको तर्फबाट प्रतिनिधिसभाका सांसदहरु योगश भट्टराई, विजय सुब्बा, भवानी प्रसाद खापुङ, वसन्त नेम्वाङ र राजेन्द्र राईले बिहिबार परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई उक्त विषयमा ध्यानाकर्षण पत्र बझाएका छन् ।

ज्ञापनपत्र बुझाउँदै एमाले नेता तथा प्रतिनिधिसभाका ताप्लेजुङका सांसद योगश भट्टराईले यसअघिको सरकारलाई पनि उक्त आयोजना अघि बढाउन ध्यानाकर्षण गर्दै आएपनि सोचे अनुरुप काम अघि बढ्न नसकेकाले पुन ध्यानाकर्षण गरिएको बताए ।

नेता भट्टराईले उक्त आयोजना निर्माण भए प्रदेश १ का साथै सिंगो मुलुकको आर्थिक सम्वृद्धिका लागि दीर्घकालिन रुपमा ढोका खुल्ने जिकिर गरे । प्रदेश १ को ताप्लेजुङ, पाँचथर, तेह्रथुम र धनकुटा हुदैँ बहने तमोर नदीमा २०५ मिटर अग्लो बाँध बाँधेर ७६३ मेगावाट विद्युत उत्पादन गर्न चीनका राष्ट्रपति सी जिङ्गफिङ्गको नोबेम्बर २०१९ मा भएको नेपाल भ्रमणका क्रममा लगानी बोर्ड र पावर चाईना कर्पोरेशनबीच सम्झौता भएको थियो ।

सम्झौताको समयमा दुई वर्षभित्र आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न गरेर ८ वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने भनिएपनि अहिलेसम्म लगानीको मोडल निश्चित हुन नसकेको ज्ञापनपत्रमा भनिएको छ ।

सम्बन्धित समाचार

देशभर मनसुन सक्रिय: आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना
देशभर मनसुन सक्रिय: आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना
  • २०७८ चैत्र १०, १५: ५३

काठमाडौं। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायु सक्रिय रहेको जनाएको छ। महाशाखाका अनुसार मनसुनको...

बझाङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
बझाङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
  • २०७८ चैत्र १०, १५: ५३

काठमाडौं : बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा...

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन
बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन
  • २०७८ चैत्र १०, १५: ५३

काठमाडौँ : काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन...