आगामी निर्वाचनसम्मै गठबन्धन जारी रहन्छः प्रधानमन्त्री देउवा – Naya Bikalpa
July 12, 2026, Sunday      Epaper

आगामी निर्वाचनसम्मै गठबन्धन जारी रहन्छः प्रधानमन्त्री देउवा

तनहुँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनलाई स्थानीय, प्रदेश र राष्ट्रिय निर्वाचनसम्म निरन्तरता दिनुपर्ने बताएका छन् । बिहीबार नेपाली काँग्रेस तनहुँले पार्टी कार्यलय दमौलीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सत्ता गठबन्धनमा आवद्ध दलहरुलाई पनि उचित स्थान दिनु पर्ने बताएका हुन् ।

कठिन परिस्थितिमा सत्ता गठबन्धनका दलहरुले संविधानको रक्षा, लोकतन्त्र र प्रजातन्त्र बचाउनका लागि गरेको योगदानको कदर गर्नुपर्ने बताउँदै प्रदेश र प्रतिनिधिसभाको निर्वाचनसम्म गठबन्धन गर्न आवश्यक रहेको उल्लेख गरे ।

लोकतन्त्र र प्रजातन्त्र बचाउन राष्ट्रिय एकतालाई जोड दिनुपर्ने बताउँदै देउवाले तनहुँ ऐतिहासिक थलो भएकाले देशभरबाट नेपाली कांग्रेस पार्टीलाई एक नम्बर बनाउँन सबै नेता तथा कार्यकर्ताहरु एकताबद्ध भएर अगाडी बढ्नु पर्ने बताए ।

सम्बन्धित समाचार

मुद्रण उद्योग व्यवसायबाट महासंघको नेतृत्वमा पुग्ने ढकाल पहिलो महिला
मुद्रण उद्योग व्यवसायबाट महासंघको नेतृत्वमा पुग्ने ढकाल पहिलो महिला
  • २०७८ चैत्र १०, १७: ३३

नेपाली मुद्रण उद्योग व्यावसायको इतिहास लामो छ । गिद्धे प्रेसबाट सुरुभएको मुद्रण उद्योग हाल अत्याधुनिक डिजिटल तथा ठूला वेभ प्रिन्ट्रिङ्ग...

‘गुट जोगाउने भेला’को सान्दर्भिकता समाप्त
‘गुट जोगाउने भेला’को सान्दर्भिकता समाप्त
  • २०७८ चैत्र १०, १७: ३३

काठमाडौं । मुख्य विपक्षी दल नेपाली कांग्रेसभित्र पछिल्लो समय विकसित भइरहेको शक्ति संघर्षले नयाँ मोड लिएको छ । विशेष महाधिवेशनमार्फत...

किसानलाई समयमै मल आपूर्ति होस्
किसानलाई समयमै मल आपूर्ति होस्
  • २०७८ चैत्र १०, १७: ३३

हरेक वर्ष असार लागेपछि नेपाली किसानले उहि नियति भोग्नु परेको छ, रासायनिक मलको हाहाकार । मानो रोपेर मुरी उब्जाउने असार...