कोलम्बोमा जारी बिम्स्टेल शिखर सम्मेलनलाई प्रधानमन्त्री देउवाले गरे सम्बोधन – Naya Bikalpa
July 14, 2026, Tuesday      Epaper

कोलम्बोमा जारी बिम्स्टेल शिखर सम्मेलनलाई प्रधानमन्त्री देउवाले गरे सम्बोधन

काठमाडौं । श्रीलङ्काको कोलम्बोमा जारी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)को पाँचौँ शिखर सम्मेलनलाई बुधबार श्रव्यदृश्यका माध्यमबाट प्रधानमन्त्री शेरबहादुरवाले सम्बोधन गरेका छन् ।

शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रम देउवाले क्षेत्रीय सङ्गठन बिम्स्टेकमा आवद्ध राष्ट्रका जनताहरुको जीवनस्तर उकास्न, संगठनका क्षेत्रीय आकाङ्क्षाहरुलाई पुरा गर्न बिम्स्टेकलाई थप गतिशील र अन्तर्राष्ट्रिय संस्थाहरूसँग सुदृढ साझेदारी प्रवद्र्धन गर्नु अहिलेको आवश्यकता रहेको बताए ।
प्रम देउवाले बिम्स्टेकलाई रचनात्मक योगदान गर्ने प्रतिबद्धता दोहो¥याउँदै बिम्स्टेक क्षेत्रको लचिलो, समृद्ध र दिगो विकास क्षेत्रीय सहयोग प्रवद्र्धनबाट हुनेमा जोड दिए ।

साथै उनले सदस्य राष्ट्रको स्रोतको सदुपयोग गरी सङ्गठनलाई नवजीवन दिनुपर्ने बताए । प्रधानमन्त्रीले कोभिड–१९ महामारीका कारण आर्थिक, सामाजिक एवं विकासका क्षेत्रमा परेका प्रभाव घटाउन तथा बिम्स्टेक क्षेत्रको पुनःस्थापना सुनिश्चित गर्न बिमस्टेकले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा पनि जोड दिए ।

प्रधानमन्त्री देउवाले वर्तमान विश्वले जलवायु परिवर्तनलगायत विविध चुनौती, कोभिड–१९ को महामारीले निम्त्याएको धनी र गरिबबीचको खाडल पुर्न सदस्य बिम्स्टेक राष्ट्रहरुबीच सहकार्य र साझेदारी हुनु आवश्यक रहेको औल्याए ।

बिम्स्टेकको पाँचौ शिखर सम्मेलनमा सदस्य राष्ट्रहरुप्रति आभार प्रकट गर्दै विगत साढे तीन वर्षदेखि बिमस्टेक प्रक्रियाको सफल नेतृत्वका लागि श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्ष, श्रीलङ्का सरकार, सदस्य राष्ट्रका विदेशमन्त्री, महासचिवलगायत शिखर सम्मेलन आयोजनामा संलग्न सबै पदाधिकारीप्रति प्रधानमन्त्री हार्दिक आभार व्यक्त गरेका थिए ।

सम्बन्धित समाचार

चुनदेवि कांग्रेस र नेपाली कांग्रेसबीच मिल्न नसकेका तीन कारण !
चुनदेवि कांग्रेस र नेपाली कांग्रेसबीच मिल्न नसकेका तीन कारण !
  • २०७८ चैत्र १६, १५: ४८

काठमाडौं । नेपालको राजनीतिको ऐतिहासिक पृष्ठभुमि वोकेको काङ्ग्रेस गुटगत स्वार्थका कारण आफुलाई व्राण्ड दावि गर्ने र ईमान्दार कार्कर्तालाई रैतिको व्यवहार...

मुलुक कता जाँदैछ भन्ने चिन्तासँगै एकताबद्ध कांग्रेसको चाहना
मुलुक कता जाँदैछ भन्ने चिन्तासँगै एकताबद्ध कांग्रेसको चाहना
  • २०७८ चैत्र १६, १५: ४८

१. मुलुक कता जाँदैछ ? मुलुक फेरि नयाँ द्वन्द्वमा फस्ने खतरा बढेको छ । चाहे संविधान संशोधनको कृत्रिम बहानामा होस्...

मुद्रण उद्योग व्यवसायबाट महासंघको नेतृत्वमा पुग्ने ढकाल पहिलो महिला
मुद्रण उद्योग व्यवसायबाट महासंघको नेतृत्वमा पुग्ने ढकाल पहिलो महिला
  • २०७८ चैत्र १६, १५: ४८

नेपाली मुद्रण उद्योग व्यावसायको इतिहास लामो छ । गिद्धे प्रेसबाट सुरुभएको मुद्रण उद्योग हाल अत्याधुनिक डिजिटल तथा ठूला वेभ प्रिन्ट्रिङ्ग...