काशी विश्वनाथकाे दर्शन गर्न प्रधानमन्त्री देउवा बनारस पुगे – Naya Bikalpa
July 14, 2026, Tuesday      Epaper

काशी विश्वनाथकाे दर्शन गर्न प्रधानमन्त्री देउवा बनारस पुगे

काठमाडौं । भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा उत्तर प्रदेशको धार्मिकस्थल बनारस पुगेका छन् । भारत सरकारको विशेष विमानबाट आइतबार प्रधानमन्त्री देउवा उक्त धार्मिक स्थल बनारस पुगेका हुन् । काशी विश्वनाथको मन्दिर दर्शन गर्न बनारस पुगेको बताइएको हो ।

विशेष विमानबाट त्यहाँ पुगेका प्रधानमन्त्री देउवालाई दोस्रो पटक पनि उत्तर प्रदेशको मुख्यमन्त्री बनेका योगी आदित्यनाथले विमानस्थलमा स्वागत गरेका हुन् । शुक्रबार भारत भ्रमणमा दिल्ली पुगेका प्रधानमन्त्री देउवा विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन् ।

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले शनिबार संयुक्तरुपमा नेपाल रेल्वे सेवा अन्तर्गत रेल सेवाको उद्घाटन गरेका थिए । देउवा र उनका समकक्षी मोदी नेतृत्वको प्रतिनिधिमण्डलबीच शनिबार नेपाल र भारतबीच ऊर्जा, इन्धन, रेल सेवा सञ्जाल विस्तारलगायत पारस्परिक सहयोग एवम् सहकार्य गर्नेसम्बन्धी चारवटा समझदारीपत्रमा हस्ताक्षर भएको बताइएको छ ।

प्रधानमन्त्री देउवासहितको भ्रमण टोली आजै स्वदेश फर्किने तालिका रहेको छ ।

सम्बन्धित समाचार

चुनदेवि कांग्रेस र नेपाली कांग्रेसबीच मिल्न नसकेका तीन कारण !
चुनदेवि कांग्रेस र नेपाली कांग्रेसबीच मिल्न नसकेका तीन कारण !
  • २०७८ चैत्र २०, ११: ३१

काठमाडौं । नेपालको राजनीतिको ऐतिहासिक पृष्ठभुमि वोकेको काङ्ग्रेस गुटगत स्वार्थका कारण आफुलाई व्राण्ड दावि गर्ने र ईमान्दार कार्कर्तालाई रैतिको व्यवहार...

मुलुक कता जाँदैछ भन्ने चिन्तासँगै एकताबद्ध कांग्रेसको चाहना
मुलुक कता जाँदैछ भन्ने चिन्तासँगै एकताबद्ध कांग्रेसको चाहना
  • २०७८ चैत्र २०, ११: ३१

१. मुलुक कता जाँदैछ ? मुलुक फेरि नयाँ द्वन्द्वमा फस्ने खतरा बढेको छ । चाहे संविधान संशोधनको कृत्रिम बहानामा होस्...

मुद्रण उद्योग व्यवसायबाट महासंघको नेतृत्वमा पुग्ने ढकाल पहिलो महिला
मुद्रण उद्योग व्यवसायबाट महासंघको नेतृत्वमा पुग्ने ढकाल पहिलो महिला
  • २०७८ चैत्र २०, ११: ३१

नेपाली मुद्रण उद्योग व्यावसायको इतिहास लामो छ । गिद्धे प्रेसबाट सुरुभएको मुद्रण उद्योग हाल अत्याधुनिक डिजिटल तथा ठूला वेभ प्रिन्ट्रिङ्ग...