
काठमाडौं । होटल संघ नेपाल (हान)ले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नयाँ वर्षको अवसरमा पोखरामा पर्यटन, संस्कृति र खाना भन्ने नाराका साथ १७ औं फेवा नववर्ष महोत्सव आयोजना हुने जनाएको छ ।
पत्रकार सम्मेलनमा हानका पोखरा अध्यक्ष लक्ष्मण सुवेदीले नेपाली संस्कृतिको संरक्षण र खानाको प्रवद्र्धन गर्ने उद्देश्य महोत्सव गर्न लागिएको बताए । महोत्सव यहि चैत्र ३० गतेदेखि आगामी बैशाख १ गतेसम्म चल्ने उनले बताए । अध्यक्ष सुवेदीले पोखरा महोत्सवले कोभिड– १९ बाट शिथिल बनेको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्नेमा विश्वास व्यक्त गरे ।
पत्रकार सम्मेलनमा कोभिड–१९ का कारणले यसअघि महोत्सवका दुई संस्करण स्थगन गरिएको र अहिले नयाँपनसहित पोखराको लेकसाइडस्थित फिस्टेल गेटदेखि हल्लनचोकसम्मको करिब ३ कि.मी मुख्य सडकमा महोत्सव सञ्चालन गरिने जनाइएको छ ।
काठमाडौं। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायु सक्रिय रहेको जनाएको छ। महाशाखाका अनुसार मनसुनको...
काठमाडौं : बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा...
काठमाडौँ : काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन...