अवसरवादी कम्युनिष्टहरुका कारण देश समस्याकाे दलदलमा फस्दैः महासचिव बैद्य – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

अवसरवादी कम्युनिष्टहरुका कारण देश समस्याकाे दलदलमा फस्दैः महासचिव बैद्य

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य किरणले नेपालमा अवसरवादी कम्युनिष्टहरु रहेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा नेकपा क्रान्तिकारी माओवादीले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव बैद्यले क्रान्तिकारीहरुमा अवसरवादले राज गरेका कारण मुलुकले धेरै समस्या भोगेको बताएका हुन् । अवसरमात्र खोजेर बस्ने नेपालका कम्युनिष्ट पार्टीहरुले देशलाई यो हालतमा धकेलेको आरोप लागाए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको पार्टीप्रति कटाक्ष गर्दै नवप्रतिक्रियावादी भएको टिप्पणी गरे । देशमा चलेको शशस्त्र जनयुद्धका बेला प्रतिकृयावादीको रक्षा कबज भन्दै एमाले प्रवृतिका विरुद्ध संघर्ष गरेको र पछि गएर अवसर खोज्दै प्रचण्डले त्यही एमालेसंग एकता गरको जिकिर गरे ।

बैद्यले सामन्तवादको पक्ष पोषणा रहेको नेपाली कांग्रेसलाई टेको लगाएर प्रचण्ड गठबन्धन सरकारमा बसेको टिप्पणी गर्दै गठबन्धनको सरकारले पनि देशमा कुनै परिवर्तन नल्याउने बताए । पुरानो राज्यसत्ता हटाउनसंगै लडेपछि ओली र प्रचण्डलाई अहिले पुरानो राज्यसत्ताको बन्दुकले बचाइरहको कटाक्ष गरे ।

पञ्चायतमा अन्य दललाई दमन गर्न जे कदम चालिएको थियो, अहिलेको कम्युनिष्टहरुले पनि सोही कदम चालिरहेको तर्क गर्दै बैद्यले नवप्रतिक्रियावादीसंग लड्नका लागि बिचार मिल्ने कम्युनिष्टहरुबीच एकता गर्नुपर्ने औंल्याए ।

सम्बन्धित समाचार

मानवताको अभियानमा बागमती प्रदेश सरकारको पूर्ण साथ रहन्छ : मुख्यमन्त्री बानियाँ
मानवताको अभियानमा बागमती प्रदेश सरकारको पूर्ण साथ रहन्छ : मुख्यमन्त्री बानियाँ
  • २०७९ बैशाख ९, १६: ४१

काठमाडौं : बागमती प्रदेश सरकारले प्रदेशलाई औपचारिक रूपमा ‘सडक आश्रित सहयोगापेक्षी मानवमुक्त प्रदेश’ घोषणा गरेको छ। सामाजिक विकास मन्त्रालयद्वारा आयोजित...

सम्पत्ति जाँचबुझ आयोगको सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश
सम्पत्ति जाँचबुझ आयोगको सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश
  • २०७९ बैशाख ९, १६: ४१

काठमाडौँ : सर्वोच्च अदालतले सरकारद्वारा गठित ‘सम्पत्ति जाँचबुझ छानबिन आयोग’ को कामकारबाही तत्काल अगाडि नबढाउन अन्तरिम आदेश जारी गरेको छ...

गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन
गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन
  • २०७९ बैशाख ९, १६: ४१

काठमाडौँ : गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न डिआइजीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ । आज गृहमन्त्री सुधन गुरुङले...