December 8, 2021, Wednesday

एलिजा ‘घुइँचो’ मा अनुबन्धित, गर्लिन् त न्याय ?

काठमाडौं । नायिका एलिजा गौतम पुनः नयाँ चलचित्रमा अनुबन्धित भएकी छन् । निर्माता रामजी दैलेखीको चलचित्र ‘घुइँचो’ मा उनी अनुबन्धित भएकी हुन् ।
क्यानडाबाट फर्किए लगत्तै एलिजाले घुइँचोमा साइन गरेकी छन् ।

यस अघि उनी चलचित्र ‘घिन्ताङ’ मा अनुबन्धित थिइन् । कारणबस छायांकन सुरु हुन लाग्दै गर्दा चलचित्र छोडेर क्यानडा पुगेकी थिइन् । पहिलो चलचित्र ‘अनुराग’ सफल हुन नसके पनि म्युजिक भिडिओमा भने दर्शकको मन जित्न सफल भएकी थिइन् ।

म्यूजिक भिडियोमा व्यस्त देखिएपछि अहिले उनको हातमा नयाँ चलचित्र हात परेको छ । चलचित्रको कथा आफुलाई खुब मन परेको एलिजाले बताएकी छन् । उनलाई चलचित्रको कथा मन परेपनि कथाको चरित्रलाई उनले न्याय गर्न सक्लिन् या के गर्छिन यो भने हेर्न बाँकी छ ।

सम्बन्धित समाचार

आज राम–सीता विवाह महोत्सव, जनकपुर सिंगारियाे
आज राम–सीता विवाह महोत्सव, जनकपुर सिंगारियाे
  • २०७८ मंसिर १, १२: १०: ००

काठमाडौं । अयोध्याका राजकुमार राम र मिथिलाका राजा जनककी छोरी सीता (जानकी) को बिहे भएको सम्झनामा आज विवाह पञ्चमी महोत्सव...

खानेपानीका अपुरा आयोजन यसै आर्थिक वर्षमा सम्पन्न गर्न खानेपानी मन्त्रीको निर्देशन
खानेपानीका अपुरा आयोजन यसै आर्थिक वर्षमा सम्पन्न गर्न खानेपानी मन्त्रीको निर्देशन
  • २०७८ मंसिर १, १२: १०: ००

जनकपुरधाम । खानेपानी मन्त्री उमाकान्त चौधरीले खानेपानी आयोजनासँग सम्वन्धित अधुरा आयोजनाहरु चालु आर्थिक वर्षमै सम्पन्न गर्न निर्देशन दिनु भएको छ...

बीरगञ्ज र पर्षाका खानेपानी आयोजनाको स्थलगत निरिक्षणमा मन्त्री चौधरी
बीरगञ्ज र पर्षाका खानेपानी आयोजनाको स्थलगत निरिक्षणमा मन्त्री चौधरी
  • २०७८ मंसिर १, १२: १०: ००

बीरञ्ज । खानेपानी मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमाकान्त चौधरी पार्टीको १४औं महाधिवेशनको क्रममा गृह जिल्ला बारामा केही दिन...