मुलुक कता जाँदैछ भन्ने चिन्तासँगै एकताबद्ध कांग्रेसको चाहना – Naya Bikalpa
August 13, 2026, Thursday      Epaper

मुलुक कता जाँदैछ भन्ने चिन्तासँगै एकताबद्ध कांग्रेसको चाहना

१. मुलुक कता जाँदैछ ?
मुलुक फेरि नयाँ द्वन्द्वमा फस्ने खतरा बढेको छ । चाहे संविधान संशोधनको कृत्रिम बहानामा होस् या सम्पत्ति शुद्धीकरणको नयाँ बहानामा होस्, चाहे भदौ २३ र २४को अपुरो कार्की आयोगको प्रतिवेदनको कार्यान्वयनका कारणले होस्, सबै कुरामा नियमसंगत भन्दा पनि प्रतिशोधको गन्ध देखिन्छ । अरु त अरु , प्रजातन्त्रका लागि भएका सम्पूर्ण प्रयासहरुमाथि नै प्रश्न उठ्ने गरी भएका कतिपय कामहरुले मुलुकको प्रजातन्त्रीकरणमाथि नै औँलो ठडिन थालेको छ ।

विदेश नीतिमा देखिने र गरिने दोहोरो मानकले नयाँ विवादको जन्म हुन थालेको छ । अहिले जुन निर्वाचित निरंकुशताको तरिकाले बालेन्द्र सरकार अघि बढेको छ, त्यसले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी नै विघटनको संघारमा पुगेको छ र ढाडमा टेकेर टाउकोमा हान्ने नीति तय गरेको जस्तो देखिएको यो सरकारले पहिलो प्रहार सुकुम्बासीहरुमाथि गरेकोमा खुसी हुने रास्वपा मण्डलीमाथि सुरु हुने प्रहारले मुलुक झन खतरामा फस्ने डर देखियो । पौराणिक कालमा सुन्द उपसुन्दको कथा छ कि अति मिल्ने दाजुभाइ सुन्द उपसुन्द एकजना सुन्दरीसँग विवाह गर्ने निहुँमा आफैँआफैँ काटाकाट गरेर मरेका थिए । कथामा देखाउने विम्बले सत्ता सुन्दरीको संकेत गरेको हो ।

रास्वपाको मूल नेतृत्व यसअघि पनि दुईदुई पटक सरकारमा बसेको थियो र यसका पात्रहरु सार्वजनिक जीवनमा देखिएका, चिनिएका र उनका आनीबानी थाहा भएका व्यक्तिहरु थिए । तर बालेन्द्र शाहका टिमका मानिसहरुलाई सार्वजनिक जीवनमा खासै नचिनिएका तर सत्ताको सुखभोगका लागि जोसँग पनि मिलेर भदौ २३ र २४को बीभत्स अवस्था सृजना गरेको देखिने गरी नयाँ नयाँ परिणाम आउन थालेका छन् जसको भनक रास्वपाको मूलनेतृत्वलाई थिएन भन्ने बुझिन्छ । अहिले परिवन्दमा परेर सरकारका सबै कामहरु एकल नेतृत्वमा हुँदा पनि , कुनै सल्लाह विना हुँदा पनि कोही पनि बोल्न नसक्ने अवस्था त्यही दलभित्र सृजना भएको देखिन्छ । त्यसको भनक भर्खरै भएको महाधिवेशनमा पनि पाइएको थियो । इतिहास बारम्बार दोहोरिन्छ भन्ने कुरा राजनीतिमा सामान्य भनाइ हो । त्यो हुन्छ र मुलुक नयाँ खतरातिर जान लागेको देखे पनि कोही बोल्न सक्ने अवस्थामा किन छैनन्, त्यही कारणले नै मुलुक कता जाँदैछ भन्ने प्रश्न उठेन थालेको हो । सरकारको जननी संसद हो , त्यसपछि संसदीय व्यवस्थाको अंग दल हो ।

दलको वहुमतले मात लागेर जे पनि गर्ने अनि माथिल्लो सदनलाई सदनको रुपमा गणना नै नगर्ने प्रवृत्ति देखिन थालेको छ । अहंकार र प्रतिशोधको लेपनले चल्ने एकांगी सरकारले निम्तो दिने भनेको नयाँ नयाँ राजनीतिक खतरा नै हो । त्यसैले राजनिितक पर्यवेक्षकहरु नेपालको भविष्यप्रति चिन्तित हुँदै भन्न थालेका छन् यसप्रकारको एकांगी तरिकाले चल्ने सरकारले निम्त्याउने नयाँ खतरा नै हो , त्यो खतरा कस्तो हुन्छ भन्ने अनुमान गर्ने मुस्किल छ । संघीयता धरापमा छ, गणतन्त्र धरापमा छ, प्रदेशको भविष्य अनिश्चित छ र संविधान त धेरै भयो मिचिएकै छ अनि विपक्षीहरु त किंकर्तव्यविमूढ देखिन्छन् ।

२.आत्मदाहको नयाँ क्रमले देखाएको नयाँ डर
एकजना अनुभवी कर्मचारीले भनेको सम्झन्छु, यदि सुकुम्बासीमाथि भएको डोजर आतंकताक आत्मदाहको प्रसङ्ग सुरु हुन्थ्यो भने १०० जनाभन्दा बढीले आत्मदाह गर्थेहोलान् किनभने आत्मदाह, आत्महत्या गर्ने सोच मानसिक रोगमात्र नभएर यो सरुवा रोग जस्तो आवेग हो । नभन्दै असार २५गते देखि आजसम्म तीन जनाले आत्मदाहको प्रयास गरे र दुई जनाको अकालमा मृत्युसमेत भइसकेको छ । त्कारण खोज्ने काम समाजको हो, सरकारको हो, मानसिक प्रवृत्तिको कारक भएकाले मनोवैज्ञानिकहरुको र सामाजिक कारणसमेत जोडिने भएकाले समाजशास्त्रीहरुको विश्लेषण खोजेको पनि हो ।

तर आवेगमा जब मान्छे आउँछ, अरुलाई मात्र पीडा दिँदैन, आफैँलाई प्रताडित गर्छ र जीवनको धु्रवसत्य मृत्यु नै त हो भनेर सदाका लागि शान्तिपूर्ण अवस्थामा जान रुचाउँछ । त्यसका कारणहरुमा अरुलाई पीडा दिने पनि होला, अरुको पीडाबाट मुक्ति पाउन पनि होला तर विसर्जनचाहिँ आफ्नै गर्छ । यसका पछाडिको कारणचाहिँ पीडा, विषाद हुनुपर्छ जसबाट छुटकारा पाउनका लागि आफैँलाई विभिन्न तरिकाले विसर्जन गर्न कसिन्छ । तर विषादको अन्त्य नगरे समाज झन झन अराजक र अनियन्त्रित हुन्छ । विश्वयुद्धताका जापानमा आत्महत्याको कारण हाराकिरी हुन्थ्यो रे, आफ्नो पेट काटेर आन्द्राभुँडी आफैँले छताछुल्ल पारेर मर्ने । आज आत्महत्या पनि त्यस्तै भएको छ नेपालमा पनि । झुन्डिएर, विष खाएर, पानीमा डुबेर, नसा काटेर , आफैँले आपूmमाथि हतियार चलाएर आदि तरिकाले मर्ने चलनसँग आत्मदाह पनि अर्को नसन्तुष्टि व्यक्त गर्ने माध्यम बनेको छ ।

मुगुका गणेश नेपालीले नगर प्रहरीको ज्यादती विरुद्ध आत्मदाह गरेको देखिन्छ प्रारम्भिक अवस्थामा । केही वर्षदेखि काठमाडौँ महानगर प्रहरीमा त्यस्तो तुजुक आएको थियो, जताततै डोजर चलाउने, भत्काउने अनि कतै नबनाउने । त्यस्तै ह्विल लकको पनि चलन आएको थियो । आजसम्म विवाद त धेरै हुन्थ्यो, तर त्यसैको कारणले आत्मदाह गरेको सायद यो पहिलो घटना होला । विवेक मण्डलको आवेग, आश्विन राउतको आत्मदाहले दिने सन्देश पनि के हो भने असन्तुष्टिको नयाँ स्वरुपमा आत्मदाह देखिन थाल्यो ।

यो प्रक्रिया नदोहोरियोस् भन्ने त कल्पना गरौँ तर राज्यसंयन्त्र निरंकुश हुनथाल्यो भने त्यो प्रक्रिया विद्रोहमा परिणत हुनेछ र मर्ने र मार्नेह्रुका जमात सडकमा आउने छ । बेलैमा यसको उपचार खोजौँ , एकअर्कालाई दोष दिएर या गृहमन्त्री सुधन गुरुङ्ले भनेजस्तो स्थानीय सरकार विपक्षीको हुनाले जिम्मा स्थानीय सरकार र प्रदेश सरकारले लिनुपर्छ भन्ने बच्काना कुरातिर नलागौँ किनभने मान्छे , नागरिक त नेपालको नै होला नि त । गृहमन्त्रीजीमा नैतिकता हुँदो हो भने भदौ २३गते र २४गतेका भिडियो हेरेर राजीनामा नै दिनुहुन्थ्यो होला नि त । फेरि फेरि दोहोरिएर सरकारको गृह नै ताक्नु हुन्नथ्यो होला नि त । जेहोस्, मानवीय क्षतिको संवेदनशीलतालाई दोहोरी गीतमा परिणत नगरौँ , संवेदनशील हौँ अनि प्रधानमन्त्रीजीले आफँैले चारवर्ष अघिको आत्मदाहको घटनामा बोलेको कुरा पूरा गर्नतिर लाग्ने हो कि ? विचार गरौँ । अनि विपक्षी दलहरुले पनि सदनमा बोलेर केही नहुने हो भने केही गरेर सरकारलाई चेताउने हो कि ? त्यसका विचार गरौँ । प्रजातन्त्रले संवाद खोज्छ, सहमति खोज्छ र समन्वय खोज्छ । आत्मदाह या आत्महत्या सरुवा रोगको रुपमा नेपालभरि असन्तुष्टहरुको विद्रोहको माध्यम नबनोस्, सतर्क होआँै ।

३. र फेरि पनि नेपाली कांग्रेसमा एकताको चाहना
नेपाली कांग्रेस कमजोर भएमा नेपाली प्रजातन्त्रको कन्त विजोग हुन्छ । सबै कांग्रेसीजनमा बुद्धि पलाओस् र मूलपार्टी जोगाउन र एकताबद्ध कांग्रेसका लागि जुनसुकै त्यागका लागि पनि तयार हुनका लागि सबै कांग्रेसीमा बुद्धि फुरोस्, यही कामना । २८लाख समर्थकबाट १७लाखाम समर्थक बाँकी हुँदा पनि बुद्धि नपलाउने र चेत नआउने हो भने पशुपतिनाथले मात्र यो देश बचाउने छन्, अरुलाई त प्रजातन्त्र बाँदरका हातमा नरिवल भएकै छ ।

सम्बन्धित समाचार

विद्यालयमा आजका विद्यार्थी: बदलिँदो समय, प्रविधि र विद्यार्थी जीवनका केही पक्ष
विद्यालयमा आजका विद्यार्थी: बदलिँदो समय, प्रविधि र विद्यार्थी जीवनका केही पक्ष
  • २०८३ असार २९, ११: १८

नेपाली शब्दकोशले विद्यार्थी भन्नाले “कुनै विषयबारे खोज गर्ने अध्येता, विद्वान्”, “नियमित रूपमा विद्या आर्जनमा लागिरहने व्यक्ति, शिक्षण संस्थामा अध्ययन गर्ने...

चुनदेवी कांग्रेसको भेलामा खड्का, कोइराला नजाने !
चुनदेवी कांग्रेसको भेलामा खड्का, कोइराला नजाने !
  • २०८३ असार २९, ११: १८

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादमा पूर्वसभापति शेर वहादुर देउवाले दायर मुद्धामा सर्वोच्च अदालतले पुनरवलोकन गर्ने निर्णय गरेसंगै कांग्रेसको राजनीति...

बच्चाचिरेर आधालिने कि सखल्लबच्चाबचाउने ?वहुसंकटको बेलामाध्यानदिएर अघि बढ्ने हो कि ?
बच्चाचिरेर आधालिने कि सखल्लबच्चाबचाउने ?वहुसंकटको बेलामाध्यानदिएर अघि बढ्ने हो कि ?
  • २०८३ असार २९, ११: १८

  १. नेपालीकांग्रेसको आगामीमहाधिवेशनकहिले हुुन्छ ? नेपालीकांग्रेसको विवादले नयाँआकार लिनथालेको छ । सामान्यतयाअहिलेभन्दापनि धेरै ठुला संकटको सामना गरेर आजको अवस्थासम्म...