
सुन्दर पन्त
नेपाली कांग्रेसको १४ महाअधिवेशन जति नजिकिदैछ त्यती नै कांग्रेसी नेता कार्यकर्ताहरुको चहलपहल बढ्दैछ। निर्वाचनको बेलामा र अधिवेशनमा मात्र ज्यादै सक्रिय हुने कांग्रेसको पुरानै रोग हो। हुनत नेपाली कांग्रेसको १४ औं महाअधिवेशन हुने नहुनेमा अझै शंका कै घेरामा छ। सदस्यता नविकरण र नयां सदस्यता वितरणको विवाद छानविनमै रुमलिएको कांग्रेस यतीखेर निकै तीब्रताका साथ काम गरिरहेको छ। समय भने निकै घट्किसकेको छ। तथापि महाअधिवेशनको कार्यतालिका नजिकिदै गर्दा जिल्ला जिल्लाका विवादहरु सल्टाउदै लगिएको छ। कतिपय विवादहरु शीर्ष केन्द्रिय नेतृत्वबाटै टुंग्याउनु पर्ने देखिएको छ।
गत २०७६ चैत्रदेखि विश्व व्यापी रुपमा फैलिएको कोभिड ज्ञढ कोरोना संक्रमणले विश्व नै तहस नहस भएको र यसको असर नेपालमा पनि प्रत्यक्ष प्रभाव परेको थियो। हजारौ मानिसहरुले मृत्युवरण गरिसकेका छन भने लाखौको संख्यामा संक्रमित छन। पहिलो दोस्रो हुंदै तेस्रो चरणको डेल्टा भाईरस पनि मुलुकमा भित्रिसकेको छ। स्वास्थ्य मन्त्रालयले पनि पछिल्लो समय कोरोना महामारीको तेस्रो लहर संक्रमण जोखिम शुरु भइ सकेको वताइ रहेका छन्। दिनहुं संक्रमित र मृत्यु दरको ग्राफ बढ्दो छ। यही विषम परिस्थितिलाई ध्यान राखेर नेपाली कांग्रेसको १४ औं अधिवेशन गर्न नचाहने वा सार्न खोज्ने वर्गकालागि अवसर मिलेको छ। एक पक्ष जसरी भए पनि महा अधिवेशन सार्ने वहानाको उपर्युक्त खोजीमा छन्। अर्को पक्ष महा-अधिवेशनको मोडालिटी परिवर्तन गरेर भए पनि तोकिएकै मितिमा गर्नु पर्ने अढानमा छन्। यही वहाना नै सबैभन्दा उपर्युक्त र काफी ठानिदैछ। समयले पनि त्यतैतिर डोहोर्याउदै छ।
पार्टीको विधानमा व्यवस्था भए अनुसार प्रत्येक ४/४ वर्षमा गरिने महाअधिवेशन समयमा नगरि १ वर्षको म्याद थपेर पनि नगरेको र संविधान निर्वाचन ऐन कानुन र पार्टी विधानले नै अफ्ठेरोमा पारेको हुंदा भाद्र महिनामा गर्नै पर्ने वाध्यात्मक व्यवस्था भए अनुसार २०७८ श्रावण १२ गते स्थानिय तह हुदै भाद्र १६/१९ को नयां मिति तय गरिएको हो।
तर नेपाली कांग्रेसले भाद्र १६/१९ गते आफ्नो १४ औं महाअधिवेशनको कार्यतालिका सार्वजनिक हुना साथ स्थानीय तहदेखि माथिल्लो तहका कांग्रेसका नेताहरु नेता बन्ने र वनाउन गाऊ शहर जिल्ला पस्न थालिसकेका छन। यतिखेर जिल्ला जिल्लामा सक्रिय सदस्यको संख्या प्रतिनिधी छनौट के कति आउने हो त्यसको लेखा जोखा देखि जिल्ला, क्षेत्र, नगर र पालिकामा कसले नेतृत्व हत्याउने त्यता केन्द्रित हुन थालेका छन। यता केन्द्र भने महाअधिवेशन गरौ कि नगरौ हुन्छ कि हुन्न भन्ने द्विविधामा छन्।
पार्टी विधान र संविधानले दिएको अवधि भुक्तान गरेर पार्टीको अस्तित्व नै अफ्ठेरो पारेको हुंदा यो ऋाद्र सम्म गर्नै पर्ने वाध्यात्मक परिस्थितिमा पनि महा-अधिवेशन सार्ने छिद्रहरुको जोडतोडले खोजी भैरहेको छ। संस्थापन पक्षका केन्द्रिय नेताहरुको बेला बेलाको अभिव्यक्तिले यही कुरा दर्शाउछ।
महाअधिवेशन सार्ने प्रपन्चहरु:
१. गत वर्षदेखि नै कोभिड ज्ञढ कोरोना संक्रमणको बेलामा लगाइएको लकडाउन र निशेधाज्ञालाई शुन्य समय मानेर अदालती प्रकियाबाट नै अधिवेशन सार्ने रणनिती संस्थापन पक्षले गर्न लागेको छ। यो पहिलो अभ्यास हुनेछ। यदि यो प्रयास सफल हुन सकेन भने,
२. दोस्रो विकल्पको रुपमा सदस्यता नविकरण, नयां सदस्यता विबाद र समायोजनको बखेडा झिकेर स्थगन वा अदालतमा आफ्ना पक्षबाट मुद्दा हाल्ने वा अर्को पक्षलाई मुद्दा हाल्न वाध्य पारेर अदालतबाटै रोक्ने प्रयास हुनेछ। नभए,
३. तेस्रो विकल्पको रुपमा राजनैतिक दल सम्वन्धि ऐन नियमावली २०७३ को विविध परिच्छेद २० अन्तर्गत उपधारा ५४ सजायमा व्यवस्था भए अनुसार पार्टीले एक पटक जरिवाना तिरेर भए पनि त्यस धाराको उपयोग गर्दै महाअधिवेशन सार्ने योजनामा संस्थापन पक्ष रहेको बुझिन आएको छ। त्यसो भएन भने,
४. चौथो र अन्तिम विकल्पको रुपमा प्रधानमन्त्री केपी ओलीसंग मिलेर दल सम्वन्धि अध्यादेश जारी गर्न लगाएर केही समयका लागि सार्ने विकल्पको रुपमा अघि सारेको पाइन्छ।
नेपाली कांग्रेसको १४ औ महाअधिवेशनमा नेतृत्व हत्याउन वर्तमान सभापति शेर वहादुर देउवा, विमलेन्द्र निधी, रामचन्द्र पौडेल, डा शेखर कोइराला, डा. शंसाक कोइराला, प्रकाशमान सिंह र कल्याण गुरुंगले उम्मेदवारको रुपमा आफुलाई प्रस्तुत गरिसकेका छन्। गत निर्वाचनमा सभापतिको उम्मेदवार रहनु भएका पार्टी नेता कृष्ण प्रसाद सिटौलाले अहिले सम्म मुख खोल्नु भएको छैन। तर यी सबै नेताहरुले कार्यकर्ताहरुको भेटघाटलाई तीब्र वनाएका छन्। कार्यकर्ताहरु पनि नेता भेटघाटमा व्यस्त हुन थालेका छन्। नेपाली कांग्रेसको १३ औं महाअधिवेशनमा ३ वटा पक्ष शेर वहादुर देउवा, रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला देखिएका थिए। पहिलो चरणमा नेतृत्व चयन हुन नसकि दोस्रो चरणमा कृष्ण प्रसाद सिटौलाको सहयोगमा शेर वहादुर देउवा निर्वाचित हुनुभएको थियो। यस पटक भने देउवा पक्षबाट विमलेन्द्र निधी उठ्ने कुराले संस्थापन पक्षलाई टाऊको दुखाईको विषय बनेको छ। त्यसै गरि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षवाट डा शेखर कोइराला, डा. शंसाक कोइराला, प्रकाशमान सिंह र कल्याण गुरुंग उठ्ने चर्चाले त्यता पनि टाउको दुखाइको विषय भएको छ। तर केन्द्रिय तहका, जिल्ला र स्थानीय तहका नेताहरु एउटा एउटा मात्र उम्मेदवार भए राम्रो हुनेछ भनेर दुवै तर्फ आफ्ना नेताहरुलाई दवाव सृजना गर्दैछन।
त्यसै गरि महामन्त्री पदमा गगन थापा उठने चर्चाले देशभरि आम नेता कार्यकर्तामा एक प्रकारको खुसीयाली छाएको देखिन्छ। गगन थापा देशभरि नै बिगतका आम निर्वाचन होस या स्थानिय र प्रदेश र नगर गाऊपालिकाको निर्वाचनमा महत्वपुर्ण योगदान दिएको, त्यसै गरि प्रतिपक्षी पार्टीसंग गरेका प्रतिकार वा अभिव्यक्तिले महामन्त्रीमा उनी एक्लै एक्का उम्मेदवार हुने देखिन्छन। उनले संसदमा होस वा पार्टीमा देखाएको दमदार प्रस्तुतीले उनको चर्चा दिनानुदिन चुलिदै गएको छ। यसैलाई मध्यनजर राखेर पार्टी सभापतिका सबै उम्मेदवारले आफ्नो समुहमा राखेर निर्वाचनमा जान सबै लालायित छन्। तर हिजो कृष्ण प्रसाद सिटौला समुहमा रहेर महामन्त्रीमा उठेको हुनाले सिटौलाले मुख नखोलुन्जेल यसै भन्न सकिने अवस्था हैन। नेता गगन थापा पनि वर्तमान समयलाई नजिकबाट नियालिरहेका छन्। तर उनले पनि आफु के मा उठ्ने मुख खोल्न सकेका छैनन।
आफुहरुलाई दोस्रो पुस्ताका नेता भन्नेहरु गोपालमान श्रेष्ठ, डा. रामशरण महत, अर्जुन नरसिंह के. सी., सुजाता कोइराला, रमेश लेखक, बालकृष्ण खांड, डा. प्रकाश शरण महत, चन्द्र भण्डारी, डा. डिला संग्रौला, चित्रलेखा यादव, विजय गच्छदार, एन पी सावद, कमला पन्त, प्रदिप पौडेल, शंकर भण्डारी, मीन विश्वकर्मा लगायतका थुप्रै नेताहरु आफु र आफ्ना नेतालाई कसरी सुरक्षित राख्ने कुरामा नै ध्यान केन्द्रित राखेका छन्। यिनीहरु जिल्लामा आ-आफ्ना समर्थक नेताहरुलाइ कसरी नेतृत्व तहमा प्रतिनिधी ल्याउन सकिन्छ भनेर लागेका छन्। वडा, स्थानिय तह, पालिका, नगर र जिल्ला तहका नेताहरु पनि आफुहरु कसरी नेतृत्वमा आउन सकिन्छ भनेर हिजो आज शीर्ष नेताहरुको दैलौ दैलो चहार्न थालेका छन्। केन्द्रबाटै क-कसलाई कुन कुन तहको नेतृत्वमा ल्याउने जोड घटाऊमा लागेका छन्। यहि शिलसिलामा सक्रिय सदस्यता नदिने, हटाउने, थप्ने जस्ता कृयाकलापले पार्टीमा नयां नयां उल्झन आउन थालेको छ। यस्तै उल्झन पार लगाउन, झमेला थप्न, नेता बन्न, वनाउन, नेता कार्यकर्ताहरु शीर्ष नेताहरुको घर घरमा ओहोर दोहोर गरेर बाक्लै भीडभाड बढ्न थालेको छ।
त्यसैले, हिजो आज कांग्रेसका शीर्ष नेताहरुका घर घरमा १४ औं महाअधिवेशनको पुर्व सन्ध्यामा कांग्रेसी हाट बजार खुल्ला भएको छ। तराईको हाट बजारमा लाग्ने जस्तो सस्तो दाममा अन्तिममा (बस्तु) सामान बेच्ने किन्ने जस्ता ग्राहक बिक्रेता झै नहुन काग्रेसीहरु। श्रावण १२ गते वडा देखि भाद्र १६/१९ राष्ट्रिय महाअधिवेशनमा हुने कांग्रेसी हाट बजारमा यस पटक किनबेचमा नलागी नभइ वडा तहदेखि माथिल्लो तह सम्म विवेक पुर्याई उपर्युक्त आवश्यक नेता चुन्न चयन हुन सकोस। भावी नेतृत्व र कार्यदिशा पनि प्रष्ट आओस। हाट बजारका ताजा वस्तु पहिले नै किने झै यस पटक नेपाली कांग्रेसको १४ औ महाअधिवेशनबाट कुशल नेतृत्व, कर्मशिल, निस्वार्थी, मेहनती, दुरदर्शी, र भावी नेतृत्व (आजै देखि मेरो नेता फलानो) चयन गर्ने सबैको ध्यान पुगोस। १४ औं महाअधिवेशन हाट बजारको भीडमा मात्र सिमीत नहोस।
————————
सुन्दर पन्त
नागार्जुन-१०, काठमाडौं
१. श्रावण १०पछि देखिएको अभूतपूर्व राष्ट्रिय एकता सुनसरी जिल्लाको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जमा सामान्य वादविवादपछि जुन प्रकारले परिस्थिति हिन्दु मुस्लिम...
१. प्रदेश सरकारमा चलखेलको परिणाम कुनै पनि राजनीतिक शक्तिले अतीतमा भएका गल्तीबाट पाठ सिकेका हुन्छन् तर नेपाली राजनीतिमा तत्कालको फाइदालाई...
१.संविधान संशोधन सरल काम हो र ? २०८२सालको जेनजीआन्दोलनको माग सुशासन थियो, त्यसका लागि भ्रष्टाचार निर्मूलको सर्त थियो ।...