हरिविनोद अधिकारी
१. नेपालको प्रजातन्त्रस्थापनार्थ सहादत दिने वीर सपूतहरुको सम्झनामा मुलुकमा अहिले सहिद सप्ताह मनाइँदैछ । खासगरी यो सप्ताहमा १९९७ देखि २००७ सम्मको प्रजातान्त्रिक संघर्षका योद्धाहरु जसले वीरगति प्राप्त गर्नुभयो, उहाँहरुको सम्मानमा सप्ताहभरि स्मरण गरिने चलन छ ।
२. सहिद त जहिले पनि सहिद हुनुहुन्छ, उहाँहरुले आफ्नो प्राणसमेत आहूति दिएर मुलुकलाई स्वतन्त्रता प्रदान गर्नुभयो र आज पनि नेपाल एक स्वतन्त्र र प्रजातान्त्रिक देशको रुपमा छँदैछ । महान सहिदहरुको सम्मान सधैँ गर्नुपर्ने हो तर प्रचलनअनुसार यही सप्ताहमै धेरै कार्यक्रमहरु गरिन्छ ।
३. यही क्रममा माघ १२ गते सहिद बाबुराम बरालको सालिक अनावरण गरियो । अर्थात् २००७ सालको सफल जनक्रान्तिपछि देखिएको प्रतिक्रान्तिको झिल्को निभाउन गौर पुगरे समस्या समाधान गरिसकेपछि उहाँको हत्या गरिएको विश्वास गरिन्छ । उहाँकै अद्र्धकदको सालिक गोलन्जोर—३अन्तर्गतको ग्वाल्टारको कोलचौरीमा सो सालिक निर्माण गरी त्यसको अनावरण या लोकार्पण गरियो । नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउबाले अनावरण गर्नुभएको थियो । सोअवसरमा उहाँले प्रजातन्त्रका लागि सहिद बाबुरामको देनलाई नेपालीेले कहिल्यै नबिर्सने र नेपाली काँग्रेसले सहिदहरुकै बाटोमा लागिरहने प्रण गर्नुभयो । हाल नेपालमा सरकारबाट हुन लागेको वा देखिएको प्रजातन्त्रविरोधी गतिविधिविरुद्ध नेपाली काँग्रेस एकजुट भएर लाग्ने बताउनु भएको थियो ।
४. सो अवसरमा नेपाली काँग्रेसका महामन्त्री डाक्टर शशाङ्क कोइरालाले आफू सधैँ सहिदको सपना पूरागर्नका लागि लागिरहने र सहिद बाबुराम बरालले सातसालको क्रान्तिलाई सफल बनाउन गरेको योगदानलाई कहिल्यै नेपाली काँग्रेसले नबिर्सन बताउनु भएको थियो ।
्
५.सो अवसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरु भीष्मराज आङदम्बे, श्याम घिमिरे,प्रवक्ता विश्वप्रकाश शर्माले पनि बोल्नु भएको थियो । नेविसंघका सँस्थापक अध्यक्ष, नेपाली काँग्रेसका नेता तथा पूर्व स्वास्थ्यमन्त्री विपिन कोइरालाले सहिद बाबुराम बरालको योगदानका वारेमा बताउनु भएको थियो । राष्ट्रिय पन्चायतका पूर्व अध्यक्ष तथा सहिद बरालका भानिजभाइ नवराज सुवेदीले आफूले पनि पन्चायत समयमा उहाँका वारेमा केही गर्न नसकेको तर अहिले ग्वाल्टारका युवाहरुले इतिहासको त्यो समयलाई सम्झेर सहिदको सम्मान गरेकोमा खुसी व्यक्त गर्नुभयो ।
६. प्रायशः वक्ताहरुको रोष माघ ११ गते पारित स्वास्थ्य शिक्षा विधेयकको पारितक्रममा देखिएको सँसदको व्यवहार र जीपी कोइराला श्वास प्रश्वास अस्पताल, सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई संघीय सरकारको मातहतबाट प्रदेशमा सारेकोमा देखिन्थ्यो । यही अवसरमा प्रवक्ता शर्माले सहिद बाबुराम बरालको योगदानको चर्चा गर्दै नेपाली काँग्रेस आफ्नो स्थापनादेखिको नेपालका लागि गरेको कामहरुको विवरण प्रस्तुत गर्दै नेपाली काँग्रेसलाई आगामी निर्वाचनहरुमा अझ बढी मजबुत बनाउन अनुरोध गर्नुभयो र नेपाली काँग्रेसले सभ्य विपक्षीका रुपमा प्रस्तुत हुँदा त्यसलाई कमजोरी सम्झेकोमा आगामी दिनमा सदन र सडकबाट विपक्षी कस्तो हुन्छ भनेर देखाउने उद्घोष गर्नुभयो । जोजो नेपाली काँग्रेससँग टकराए, ती ती समाप्त भएको उदाहरण दिँदै हाम्रै कारणलो आज एमाले र माओबादी पार्टीको नामो निसान नरहेको बताउनु हुँदै शर्माले अब सरकारसँग विरोधमा उत्रिनुबाहेक कुनै उपाय नरहेको स्पष्ट पार्नुभयो । डाक्टर गोविन्द केसीका सम्बन्धमा सो आमसभामा वक्ताहरुले सरकारका प्रधानमन्त्रीले गरेको सम्झौता पूरा गर भनेर भनेको र त्यस्तै विधेयक ल्याउनका लागि पहिले नै आएको अध्यादेश लागू गर भनेकोमा सरकारले आफ्ना बाचा पूरा नगरी जालझेल गरी विधेयक छापामार शैलीमा पारित गराएको गुुनासो गर्दै यसले सत्तापक्ष र विपक्षका बीचमा दूरी बढाएको देखिएको बताए ।
७.सहिद बरालको जन्म विसं १९८७ साल भदौ १९ गते सिन्धुलीको खुर्कोटमा भएको थियो । उहाँका पिताका नाम कुलप्रसाद बराल र माताको नाम जानुका बराल थियो । २००७सालको क्रान्तिपछि बनेको पूर्व २ नंबरको जनसरकारका गृहमन्त्री बराललाई गौरमा देखिएको प्रतिक्रान्तिको समन गर्न केन्द्र सरकारले पठाएको थियो किनकि जनक्रान्तिमा उहाँको क्षेत्र रौतहट थियो र उहाँकोे योगदान र क्षमताको कदर गर्र्दै पठाइएको बताइएको थियो । उहाँको सहादतको दिनको रुपमा २००८साल बैशाख २० गतेलाई मानिन्छ ।
८. जुन ठाउँमा अहिले सालिह निर्माण भएको छ, उहाँले त्यही ठाउँमा उभिएर २००७ सालको क्रान्ति सफल भएपछि आमसभा गर्नु भएको थियो । त्यही ठाउँमा अहिले सालिक निर्माण गरिएको मानिन्छ ।
९. ६८ वर्ष अघिको सम्झना र योगदानलाई कदर गर्न ग्वाल्टार गाउँबासीले उहाँको सालिक बनाएका हुन् र यसका लागि गाउँमा देउसी भैलो खेलेर पनि आर्थिक सहायता जगेडा गरिएको थियो । नेकपा (वैद्य) युवा नेता समाजसेवी अर्जुन थापाको विशेष अग्रसरतामा बनेको सालिक निर्माण कार्यलाई गोलन्जोर गाउँपालिकाका अध्यक्ष पुष्प कार्कीको प्रयासले अनावरणको गर्ने अवस्थासम्म ल्याएको हो ।
१०. र अन्त्यमा, २००७सालका क्रान्तियोद्धा तथा प्रतिक्रान्तिमा सहादत पाउनु भएका नेता बराललाई अझैसम्म पनि नेपाल सरकारले सहिद घोषणा गरेको रहेनछ । सहिद सबैका हुन् भन्ने मान्यताले गोलन्जोरमा देखाएको सर्बदलीय सहमति जस्तै केन्द्रमा पनि नेपाल सरकारलाईँ सबैले अनुरोध गरेर सहिद घोषणा गराउनु पर्ने आवश्यक देखिन्छ । हुन त सहिदहरु आएर मलाई यस्तो गर उस्तो गर त भन्नुहुन्न, तर पनि सम्मान गर्न पनि त सक्नुप¥यो हामी जीवितले उहाँहरुको योगदानको कदर गर्दै ।
१. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने...
१.नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेपाली कांग्रेसको विशेष अधिवेशनमार्फत् प्राप्त कार्यादेशको आधारमा गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन...
१. संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीबालेन्द्र शाहको प्रस्तुति संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको तर्फबाट सरकार प्रमुखको हैसियतले आफ्ना विचार राखेर सम्माननीयप्रधानमन्त्रीबालेन्द्र...