सानुबाबु सिलवाल

अमेरिकामा कानुनी रुपमा बसेका छोरा–छोरी, छोरा–बुहारी, छोरी–ज्वाँइ, भान्जा–भान्जी, नाति–नातिनिलाई बुढाबुढी बा–आमा, सासु–ससुरा, दिदि बहिनी, मामा–माइजु, हजुरबा– हजुरआमालाई अमेरिका ल्याएर घुमाइदिदा स्वर्ग राम्ररी पुग्छन, एकपल्ट ल्याएर घुमाइदिउँ, मर्नुअघि अमेरिका घुमाइ दिदा पुण्य मिल्छ भन्नेहरु थुप्रै छन् र दैनिकी जस्तै आउने क्रम जारी पनि छ । नराम्रो मान्न सकिएन, राम्रै हो एकपल्ट ल्याएर घुमाउन ।
बुढाबुढीलाई हत्तपत्त दुताबासले पनि नछेक्ने, नरोक्ने, यि बुढाबुढी अमेरिकामा टाँसिएर भार बनेर बस्दैनन भन्ने पनि लाग्दो हो अमेरिकी दुताबासलाई । घुम्न आउने, तेल भिषामा सुत्केरी स्याहार्न आउने, नातिनातिना, छोरी, बुहारीलाई तेल लगाइदिन आउने लावालस्कर पनि त्यत्तिकै छ यिनका लागि पनि भिषा प्राप्तिमा कुनै बाधा अड्चन पनि देखिएन अधिकांशका लागि ।
तर, बास्तबिकता, यथार्थता, ब्यबहारिकतालाई हेर्दा चाहि त्यति सजिलो र सहज पक्कै छैन भनेजस्तो, सोचेजस्तो र कल्पना गरेजस्तो ।
आफ्नै गाउघर, खाइखेली बसेका, भाइसाथी, आफन्त, नातेदार, आफ्नै दुखजेलो, घरबगैचा, गाउँबस्ती, डाँडाकाडा, आफ्नै रैथान र खेतिबारी चाहारेर रमाइलो गरेर बसेका बुढाबुढी अमेरिका आएर एउटा दुइटा कोठा, अपार्टमेन्ट, साना साना घरमा कोचिएर, थुप्रिएर, निस्सासिएर, आत्तिएर २–४ महिना काट्न धौधौ मात्रै होइन बिरामी र थलै पर्ने अबस्था सिर्जना भएको देख्न र सुन्न मनग्गे पाइन्छ अमेरिकामा । न सुनाउन सक्छन, छोराछोरी छोराबुहारीको दिनचर्या हेर्दा यिनलाई लाग्दो हो ब्यर्थै आइएछ अमेरिका ।
आफ्नै दिनचर्या, खानपिन, दिशापिसाब, रहनसहन, नेपालीपनमा जन्मिएर, हुर्किएर जिबनले डाडा काट्ने बेलामा अमेरिकाको भ्रमण, रजगज, ठुलाठुला भबन, चौडा, सुकिला सुत्नै मिल्ने जस्ता सडकमा हुइकिरहेका चिल्ला गाडी, तडकभडक अमेरिकी जिबनशैलीले के खुशि तुल्याउन सकिन्थ्यो र बुढाबुढीलाई ?
लोटामा पानि लिएर आफ्नै सुरमा बाथरुम र खुल्ला आकाशमा दिशापिसाब गरिरहेका बुढाबुढीलाई अमेरिकी बाथरुमको झन्झट, न भाषा, न हिँडडूल गर्न नै मिल्ने ? कसरी खुशी हुन सकुन त अमेरिकामा ? आज एक जना साथी भन्दै थिए कत्ति न खुशि बनाउन बाउलाई अमेरिका त ल्याए तर बुढा मान्छे त हप्ता दिन नबित्दै उकुस र मुकुस भ एछन र सोध्दै थिए ४–४ महिना त बस्न सक्दिन अब २–३ हप्ता मै नेपाल पठाइ दे मलाई पो भन्न थाले त ।
मैले घुमाउनु नै बाँकी छ बा भनेर के मात्रै भनेको थिए यो गाइखाने मुलुकमा मलाई सन्चो भ एन, तलाई, बच्चाबच्चिलाई भेटिहाले अब जान्छु उता मेरो बस्तुभाउ, खेतिबारी चौपट्ट भइसक्यो । भैसि दुहुनु पर्ने छ, धेरै दिन यहा बस्दिन मलाई घुम्नु छैन पो भनेर हैरान पार्न लागे बाले भन्दै थिए फोनमा मलाई ति मित्र ।
अमेरिकामा धेरै उमेर भएका, स्वास्थ्यमा गडबढी भएका, हिँडडुल मुस्किलले गर्न सक्ने आफ्ना बाआमा, सासुससुरा र आफन्तलाइ स्वर्ग देख्छन भन्ने उखान अब चरितार्थ हुँदैन । कथमकथाचित बुढाबुढी बा–आमा बिरामी परिहाले भने छोराछोरी, छोरीज्वाइ, छोराबुहारीको ढाड सेकिन्छ अस्पतालको खर्चले । भिजिटर भिषामा आउनेहरुका लागि स्वास्थ्य बिमाले कभर गर्दैन र बिमा पाउने कुरै भएन । छोराछोरी, छोरीज्वाइ, छोराबुहारीको हेल्थ इन्सुरेन्सले उनका बा–आमालाई उक्त इन्सुरेन्सले उपचार खर्च भ्याउँदैन ।
कुनै हिसाबले अस्पताल भर्ना गर्दा इमरजेन्सिमा त भर्ना गरिदिन्छ तर लाग्ने खर्च कानुनी रुपमा बसेका आफन्तहरु साक्षी बस्नुपर्ने हुन्छ र खर्चको जिम्मेवारी यिनलेनै लिनुपर्ने हुन्छ । कुनै–कुनै बेला च्यारिटी संस्था वा अमेरिकी चर्चहरुले ब्यहोरिदिन सक्छन् तर त्यसको कुनै निश्चितता हुने छैन ।
अमेरिकामा उपचार खर्च अत्यन्त महङ्गो छ । सरकारी स्वास्थ्य बिमा मेडिकेड, मेडिकेयर, आफ्ना रोजगारदाता वा साहुले ब्यहोरिदिएको बाहेक आफ्नै खर्चले स्वास्थ्य बिमा लिन गाह्रो छ अमेरिकामा । एक दुइ रात अस्पताल बसेर सर्जरीमात्रै गर्दा आफ्नै खल्तिबाट तिर्नुपर्ने स्थिति आइप¥यो भने कमाएको झिटीझाम्टा एकै पटक सखाप हुन्छ । त्यसैले स्वास्थ्य बिमा नहुने, सर्तसहित र कम कभरेजका बिमा भ एका मानिसहरु बरु नेपालनै ग एर उपचार गराउन थालेका छन् । पहिले उपचार त्यसपछि बिलभुक्तानी भ एपनि एक पटक अस्तपताल वा क्लिनिकको रकम तिर्न नसकेको अबस्थामा जिबनभर नराम्रो रेकर्ड लिस्टमा राखि दिन्छ र कुनै बेला पनि आम्दानी भएको, कमाएको पे रोल, कमाएको कुनै लिगल रकम थुतिदिन सक्छ मेडीकल रकम ।
समय निकाल्न गाह्रो छ अमेरिकामा । कमाउनै प¥यो, नकमाए तिरनतारन भुक्तानी समयमा गर्न सकिदैन, तिरनतारन भुक्तानीमा तलमाथि गरे अमेरिकामा टिक्न गाह्रो मात्रै होइन कि घर, गाडी, ब्यबसाय, क्रेडीट कार्ड वा कुनै सेवाजन्य बस्तु वा सुबिधामा बन्देज लगाइदिँदा अमेरिकामा त्यति सहज मात्रै होइन सम्वृद्धि र सफलताको कल्पनै नगरे हुन्छ ।
यस्तो अबस्थामा बुढाबुढी बाआमा ल्याएर, घर, कोठा, अपार्टमेन्टमा थुपारेर, यसो कामबाट बिदा भ एको बेला ग्रोसरी स्टोर र यताउति घुमाउने भन्दा बाहेक समय रहदैन अमेरिकामा । बुहारी, ज्वाइ, छोरा–छोरी अमेरिकन शौलिमा अभ्यस्त भैसक्दा बुढाबुढी घाडो हुने, झर्को लाग्ने, अप्ठेरो महसुस गर्ने, लाज र आफ्नो इज्जत र समुदायमा लिएर हिड्न अप्ठेरो मान्ने, खाएको नमिल्ने, नुहाएको, बाथरुम बस्न नजान्ने, दौरासुरुवाल, फरियामा जिबन बिताएका बाआमाले जिन्सका पाइण्ट र अमेरिकन लुगा लाउन नसक्दा, नजान्दा अमेरिकन आफन्ति अप्ठेरोमा परि आफ्ना बाआमालाई हिनताबोधमा बाध्य पारिरहेको, कठिनाइ परिरहेको अबस्था देखिदै छ । धेरै घट्ना, खटपट र अप्ठेरो स्थिति ब्यहोरिरहेको सुन्न र देख्न पाइन्छ ।
आउँदा कसैको साथ लिएर जाँदा कि त आफै, कि त आफन्तको हातमा साथमा पठाउन पर्ने हुन्छ । अमेरिकामा हिड्न डुल्न, गाडी चढ्न र बस्न समेत असजिलो हुने बाआमालाई ल्याएर गल्ति गरे भन्दै थिए ग एको महिना एकजना भाइ ।
बिरामी भैरहने, अशक्त बाबुआमा, सारै नै बुढाबुढी भ एका बाआमालाइ अमेरिकामा ल्याएर झन्झट नब्योहोर्नु होला । वा ल्याए पनि २–४ हप्ता बसाएर फिर्ता पठाइदिनु नै उत्तम हुनेछ । एक त बुढाबुढीहरु आफै बस्न नमान्ने, अर्कातिर बिरामी हुदा, घर र ऋपार्टमेन्ट मै थुपारेर राख्दा उनीहरु हतोत्साही, निराश र अत्यासिने हुँदा लामो समय वा थुप्रै महिनाका लागि बुढाबुढी बाआमा, सासुससुराहरुलाई कष्ट नदिएकै राम्रो देख्दछु ।
१.नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेपाली कांग्रेसको विशेष अधिवेशनमार्फत् प्राप्त कार्यादेशको आधारमा गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन...
१. संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीबालेन्द्र शाहको प्रस्तुति संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको तर्फबाट सरकार प्रमुखको हैसियतले आफ्ना विचार राखेर सम्माननीयप्रधानमन्त्रीबालेन्द्र...
१. नेपाली कांग्रेसको १५औँ महाधिवेशन सुरु भयो विशेष अधिवेशनबाट निर्वाचित समितिले यही असोज १६—१९मा गर्ने भनिएको नेपाली कांग्रेसको १५आँै महाधिवेशनको...