काठमाडौं किसान महासंघमा महर्जन निर्वाचित – Naya Bikalpa
September 24, 2025, Wednesday      Epaper

काठमाडौं किसान महासंघमा महर्जन निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको भातृसंस्था नेपाल किसान महासंघमा काठमाडौं बलम्बूका कृषक अम्रितमान महर्जन सर्वसम्मत निर्वाचित भएका छन् । बिहीबार काठमाडौंमा भएको चौथो जिल्ला अधिवेशनबाट ११ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएका हुुन् जसअनुसार अध्यक्ष अम्रितमान महर्जन, उपाध्यक्ष रविन्द्र कार्की, सचिव, सिर्जना फुँयाल, सचिव सरोज विष्ट, कोषाध्यक्ष अन्जु प्रधान श्रेष्ठ, सहसचिवहरु, लक्ष्मण भट्टराई, झलक तामाङ, सदस्यहरुमा, जयराज गिरी, ध्रुव केसी, चन्द्रमान डंगोल र अमर डंगोल रहेका छन् ।

नेपाल किसान महासंघको चौथो जिल्ला अधिवेशनका प्रमुख अतिथि नेपाली कांग्रेस काठमाडौं सभापति सबुज कृष्ण बानियाँ, विशिष्ट अतिथिहरु नेपाल किसान महासंघका केन्दीय अध्यक्ष गणेश तिमिल्सिना, नेपाली कांग्रेस ९ क्षेत्रीय सभापति जय कृष्ण महर्जन, अतिथिहरुमा माननीय यमुना श्रेष्ठ, समिता खड्गी श्रेष्ठ, महानगरपालिका १४ नं. वडाअध्यक्ष सुमन श्रेष्ठ, नेपाल किसान महासंघका कार्यसम्पादन समितिका सदस्य ईश्वर गिरी, किसान महासंघका केन्द्रीय प्रतिनिधि सुमन तिवारी, निर्वाचन समितिका संयोजक एव नेपाली कांग्रेसं ९ नं. क्षेत्रीय सचिव सन्तोष गिरी, क्षेत्रीय सदस्य माधव न्यौपाने तथा कांग्रेसका नेता तथा किसाना महासंघका केन्द्रीय सदस्यहरु, कांग्रेस महाधिवेशन महासमिति सदस्यहरु लगायत कांग्रेसजनको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

काठमाडौंका प्रमुख जिल्ला अधिकारी फेरिए
काठमाडौंका प्रमुख जिल्ला अधिकारी फेरिए
  • २०८१ फाल्गुन १६, १४: ५०

काठमाडौं : काठमाडौंका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । गृह मन्त्रालयले काठमाडौंको प्रहरी जिल्ला अधिकारीमा ईश्वरराज पौडेललाई पठाएको हो ।...

पोखरामा प्रहरीको ‘नमुना पेट्रोल पम्प’ सञ्चालनमा
पोखरामा प्रहरीको ‘नमुना पेट्रोल पम्प’ सञ्चालनमा
  • २०८१ फाल्गुन १६, १४: ५०

कास्की : नेपाल प्रहरीले पोखरामा पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ । नेपाल प्रहरी प्रधान कार्यालय कल्याण कोषले पोखरा–७ सहिदचोकस्थित प्रहरी...

विशेष महाधिवेशनका लागि धनकुटा कांग्रेसको माग
विशेष महाधिवेशनका लागि धनकुटा कांग्रेसको माग
  • २०८१ फाल्गुन १६, १४: ५०

धनकुटा : नेपाली कांग्रेस धनकुटाको बैठकले अहिलेको परिस्थितिमा मुलुकको समस्या समाधान गर्न, पार्टी संगठनलाई क्रियाशील र सशक्त बनाउन विशेष महाधिवेशन...