
काठमाडौं । नेपाली कांग्रेसको भातृसंस्था नेपाल किसान महासंघमा काठमाडौं बलम्बूका कृषक अम्रितमान महर्जन सर्वसम्मत निर्वाचित भएका छन् । बिहीबार काठमाडौंमा भएको चौथो जिल्ला अधिवेशनबाट ११ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएका हुुन् जसअनुसार अध्यक्ष अम्रितमान महर्जन, उपाध्यक्ष रविन्द्र कार्की, सचिव, सिर्जना फुँयाल, सचिव सरोज विष्ट, कोषाध्यक्ष अन्जु प्रधान श्रेष्ठ, सहसचिवहरु, लक्ष्मण भट्टराई, झलक तामाङ, सदस्यहरुमा, जयराज गिरी, ध्रुव केसी, चन्द्रमान डंगोल र अमर डंगोल रहेका छन् ।

नेपाल किसान महासंघको चौथो जिल्ला अधिवेशनका प्रमुख अतिथि नेपाली कांग्रेस काठमाडौं सभापति सबुज कृष्ण बानियाँ, विशिष्ट अतिथिहरु नेपाल किसान महासंघका केन्दीय अध्यक्ष गणेश तिमिल्सिना, नेपाली कांग्रेस ९ क्षेत्रीय सभापति जय कृष्ण महर्जन, अतिथिहरुमा माननीय यमुना श्रेष्ठ, समिता खड्गी श्रेष्ठ, महानगरपालिका १४ नं. वडाअध्यक्ष सुमन श्रेष्ठ, नेपाल किसान महासंघका कार्यसम्पादन समितिका सदस्य ईश्वर गिरी, किसान महासंघका केन्द्रीय प्रतिनिधि सुमन तिवारी, निर्वाचन समितिका संयोजक एव नेपाली कांग्रेसं ९ नं. क्षेत्रीय सचिव सन्तोष गिरी, क्षेत्रीय सदस्य माधव न्यौपाने तथा कांग्रेसका नेता तथा किसाना महासंघका केन्द्रीय सदस्यहरु, कांग्रेस महाधिवेशन महासमिति सदस्यहरु लगायत कांग्रेसजनको उपस्थिति रहेको थियो ।

काठमाडौं : सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई सूचना म्याद पाएका मितिले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत बन्दीसहित लिखित जवाफ पेस गर्न...
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले मन्त्रालयभित्र भइरहेको इन्धन दुरुपयोगबारे अनुसन्धान गरी संलग्नलाई कारबाही गर्न निर्देशन दिएकी छन्...
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानको पछिल्लो शान्ति प्रस्तावमा असन्तुष्ट रहेको अमेरिकी मिडियाले रिपोर्ट गरेका छन् । प्रस्तावले होर्मुज...