भारतको पञ्जाबमा घरको छत खस्दा ५ जनाको मृत्यु – Naya Bikalpa
May 14, 2025, Wednesday      Epaper

भारतको पञ्जाबमा घरको छत खस्दा ५ जनाको मृत्यु

काठमाडौं : भारतको उत्तरी राज्य पञ्जाबमा शनिबार घरको छाना खस्दा एक परिवारका पाँच सदस्य (एक दम्पती र तिनका तीन छोराछोरी) को मृत्यु भएको प्रहरीले जनाएको छ ।

पञ्जाबको सहर अमृतसरबाट २८ किलोमिटर दक्षिणमा रहेको तरनतारन जिल्लाको पाण्डोरी गोला गाउँमा स्थानीय समयअनुसार बिहान ४ः३० बजे एउटा पुरानो घरको छाना खसेको थियो । प्रहरीका अनुसार परिवारका सदस्य सुतिरहेका बेला माथिको छत खसेको थियो ।

“घटना लगत्तै स्थानीयहरूले उद्धार कार्य गरे र उनीहरू सबैलाई भग्नावशेषबाट निकाले । उनीहरूलाई अस्पताल लगिए पनि त्यहाँका डाक्टरहरूले उनीहरूलाई मृत घोषणा गरे,” एक प्रहरी अधिकारीले बताए ।

घर जीर्ण अवस्थामा रहेको प्रहरीले जनाएको छ । यसैबीच, प्रहरीले घटनामा मुद्दा दर्ता गरी अनुसन्धान गर्न आदेश दिएको छ ।

सम्बन्धित समाचार

साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग
साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग
  • २०८१ फाल्गुन १७, १८: १०

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले साउदी अरबमा रोजगारदाता कम्पनी बन्द भएर अलपत्र परेका नेपालीको उद्धार...

गण्डकीमा ‘राइड सेयरिङ’लाई कानुनी मान्यता
गण्डकीमा ‘राइड सेयरिङ’लाई कानुनी मान्यता
  • २०८१ फाल्गुन १७, १८: १०

गण्डकी : गण्डकी प्रदेश सरकारले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिएको छ । अबदेखि निजी चार पाङ्ग्रे तथा दुई...

स्कटल्याण्डमा हुने सिरिज खेल्ने नेपाली टोलीको बिदाइ
स्कटल्याण्डमा हुने सिरिज खेल्ने नेपाली टोलीको बिदाइ
  • २०८१ फाल्गुन १७, १८: १०

काठमाडौं : स्कटल्यान्डमा हुने आईसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ गरिएको छ । नेपाल...