कांग्रेसभित्र एकताको पहल : महामन्त्री घिमिरे र शेखर कोइरालाबीच विराटनगरमा छलफल – Naya Bikalpa
November 22, 2026, Sunday      Epaper

कांग्रेसभित्र एकताको पहल : महामन्त्री घिमिरे र शेखर कोइरालाबीच विराटनगरमा छलफल

विराटनगर ।  नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरे र नेता शेखर कोइरालाबीच पार्टीभित्र देखिएको विवाद समाधान तथा एकता कायम गर्ने विषयमा छलफल भएको छ।

शुक्रबार विराटनगरस्थित कोइराला निवासमा भएको भेटवार्तामा पार्टीको आन्तरिक अवस्था, क्रियाशील सदस्यता अद्यावधिक तथा १५औँ महाधिवेशनको तयारीबारे कुराकानी भएको बताइएको छ। महामन्त्री घिमिरेले पार्टीभित्रको मतभेद कम गर्दै सहमतिका आधारमा अघि बढ्ने उद्देश्यसहित कोइरालासँग भेट गरेका हुन्।

कांग्रेस अहिले १५औँ महाधिवेशनको तयारीमा जुटिरहेको छ। विशेष महाधिवेशनबाट आएको नेतृत्वले क्रियाशील सदस्यता अद्यावधिक गर्ने निर्णय गरेपछि देउवा र कोइराला पक्षले असन्तुष्टि जनाउँदै आएका छन्।

यद्यपि, वर्तमान नेतृत्वले अन्तिम पटक असार २० गतेसम्मको समयसीमा तोकेर सदस्यता अद्यावधिक प्रक्रिया अघि बढाएको छ। देउवा र कोइराला समूहले छुट्टाछुट्टै भेलाहरू आयोजना गरिरहेका बेला पार्टीका करिब सात लाखभन्दा बढी सदस्यले भने क्रियाशील सदस्यता अद्यावधिक गरिसकेको जनाइएको छ।

सम्बन्धित समाचार

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०८३ असार १२, १२: ३२

काठमाडौं : हाल नेपालको पश्चिमी भू–भागमा पश्चिमी वायुको तथा पूर्वी भू–भागमा भारतको ओडिसा आसपास अवस्थित न्यून चापीय प्रणालीको आंशिक प्रभाव...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८३ असार १२, १२: ३२

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...

प्रधानमन्त्री शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै
प्रधानमन्त्री शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै
  • २०८३ असार १२, १२: ३२

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह...