
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् । घाइतेहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको छ ।
गएराति करिब २ बजे बतासे फेदीबाट बोराङतर्फ उकालो चढ्दै गरेको बा.प्र. ०२०३३ च ७१६९ नम्बरको बोलेरो अनियन्त्रित भई सडकबाट करिब चार सय मिटर तल खसेको हो ।
दुर्घटनामा रुबीभ्याली गाउँपालिका–४, बोराङकी ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा गम्भीर घाइते हुनेमा रुबीभ्याली–४ बोराङका ३५ वर्षीया कान्छीमाया तामाङ, ९ वर्षीय पिटर तामाङ, ११ वर्षीय आमोष तामाङ, ३३ वर्षीया मिजोङ तामाङ, ४० वर्षीय चेरोङ तामाङ र बोलेरो चालक खनियाँबास गाउँपालिका–१ का ४० वर्षीय डम्बर तामाङ रहेका छन् । उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं पठाइएको हो ।
त्यस्तै, महोत्तरीको बर्दिबास नगरपालिका–११ का २५ वर्षीय ललित बोम्जन, १४ वर्षीय कमल घले र २० वर्षीय बिमल तामाङलाई उपचारका लागि धादिङ अस्पताल ल्याइँदै गरेको प्रहरीले जनाएको छ ।
बतासे दोभानमा लागेको एकादशी मेलामा पूजा गरी लापातर्फ फर्किने क्रममा दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । सामान्य घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारका लागि धादिङ अस्पताल ल्याउने तयारी गरिएको प्रहरी नायब उपरीक्षक दाहालले बताए ।
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...