
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई ८८ ग्राम खैरो हेरोइन, नगद २ लाख ८० हजार रुपैयाँ र २ थान डिजिटल तराजुसहित सोमबार नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूको विवरण:
काभ्रे, नमोबुद्ध नगरपालिका–११ का २७ वर्षीय समिर तामाङ
काभ्रे, मण्डनदेउपुर नगरपालिका–५ का ३० वर्षीय राज रसाईली
दोलखा, शैलुङ गाउँपालिका–२ का ३० वर्षीय दिनेश वाईबा
भारत घर भएका २२ वर्षीय कमलेश कुमार साह
पक्राउ परेका चारै जनामाथि लागूऔषध मुद्दामा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...