राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’ – Naya Bikalpa
November 18, 2026, Wednesday      Epaper

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् ।

३ हजार ३९९ मिटर लम्बाइको उक्त सुरुङको ब्रेक थ्रु समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाली सेनाले संवैधानिक दायित्व र राष्ट्रिय सुरक्षासम्बन्धी जिम्मेवारी निर्वाह गर्नुका साथै राष्ट्र निर्माण तथा विकासका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताए ।

उनले राष्ट्रिय गौरवका आयोजनाको ट्र्याक निर्माणदेखि विशेष प्रकृतिका सुरुङ तथा पुलसहित देशकै पहिलो द्रुतमार्ग निर्माणमा नेपाली सेना अहोरात्र खटिएको उल्लेख गरे । काठमाडौं उपत्यकालाई तराई/मधेशसँग प्रत्यक्ष जोड्ने करिब ७१ किलोमिटर लामो आधुनिक द्रुतमार्ग निर्माण सम्पन्न भएपछि मुलुकको यातायात प्रणालीमा गुणात्मक परिवर्तन आउने विश्वास उनले व्यक्त गरे ।

‘यो आयोजना सञ्चालनमा आएपछि यात्रा समय र दूरीमा उल्लेखनीय कटौती हुनुका साथै इन्धन खपत तथा सवारीसाधनको सञ्चालन र मर्मतसम्भार खर्चमा समेत बचत हुनेछ’, राष्ट्रपति पौडेलले भने, ‘राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै देशको आर्थिक तथा सामाजिक रूपान्तरणमा अहम् भूमिका खेल्ने यो आयोजना समयमै सम्पन्न गर्न नेपाल सरकार तथा नेपाली सेना दृढ रहेको पाएको छु ।’

उनले यस आयोजनाको महत्व भौतिक पूर्वाधार निर्माणमा मात्र सीमित नरहेको बताए । यसले राजधानी काठमाडौं र तराई/मधेशबीचको भौगोलिक दूरी घटाउनुका साथै सामाजिक सद्भाव, आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।

त्यसैगरी पर्यटन प्रवर्द्धन, व्यापार तथा पारवहन सहजीकरण, क्षेत्रीय आर्थिक गतिविधिको विस्तार र दिगो विकासका लक्ष्य प्राप्तिमा पनि आयोजनाको योगदान दूरगामी हुने राष्ट्रपति पौडेलले बताए ।

आयोजना निर्माणका क्रममा प्रभावकारी समन्वय र आ–आफ्नो जिम्मेवारी पूर्ण प्रतिबद्धताका साथ निर्वाह गर्दै नेपाली सेनालाई सबै पक्षबाट सहयोग हुनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, पूर्वाधार विकासमन्त्री सुनील लम्साल, नेपालका लागि चीनका राजदूत चाङ माओमिङ, कोरियाका राजदूत पार्क जे क्यूङ तथा प्रधानसेनापति अशोकराज सिग्देललगायतको उपस्थिति थियो ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेटवार्ता
प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेटवार्ता
  • २०८३ मंसिर ३, १८: १६

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार शिष्टाचार...

काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा
काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा
  • २०८३ मंसिर ३, १८: १६

काठमाडौं । पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । श्रेष्ठले...

त्रिभुवन विमानस्थलबाट १ किलो ८०३ ग्राम सुनसहित चिनियाँ नागरिक पक्राउ
त्रिभुवन विमानस्थलबाट १ किलो ८०३ ग्राम सुनसहित चिनियाँ नागरिक पक्राउ
  • २०८३ मंसिर ३, १८: १६

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले १ किलो ८०३ ग्राम सुनजस्तो देखिने पदार्थसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।...