
काठमाडौं । लैङ्गिक हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्नुका साथै पीडितको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्ने उद्देश्यले यस वर्ष पनि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन हुने भएको छ ।
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय अभियान यस वर्ष सन् २०२६ नोभेम्बर २५ देखि डिसेम्बर १० अर्थात् २०८३ मंसिर ९ देखि २४ गतेसम्म सञ्चालन हुनेछ ।
यस वर्ष अभियानको अन्तर्राष्ट्रिय नारा ‘महिला तथा बालिकाविरुद्धको हिंसा अन्त्य गर्न एकजुट होऔँ : न्याय सुनिश्चित गरौँ, पीडितको संरक्षण गरौँ र दण्डहीनताको अन्त्य गरौँ’ तय गरिएको छ । त्यस्तै, नेपालको राष्ट्रिय नारा ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ रहेको छ ।
अभियानमार्फत महिला तथा बालिकामाथि हुने सबै प्रकारका हिंसा अन्त्यका लागि राज्यका निकाय, नागरिक समाज, समुदाय तथा सरोकारवाला पक्षबीच सहकार्य र ऐक्यबद्धताको आवश्यकता औँल्याइनेछ ।
त्यसैगरी, हिंसापीडित तथा प्रभावितको सुरक्षा, सम्मान र न्यायमा सहज पहुँच सुनिश्चित गर्ने विषयलाई अभियानले प्राथमिकताका साथ उठाउनेछ । साथै हिंसाका घटनामा दण्डहीनताको अन्त्य गर्दै पीडितमैत्री न्याय प्रणालीको सुनिश्चितताका लागि सामूहिक प्रयास गर्नुपर्ने सन्देश प्रवाह गरिनेछ ।
काठमाडौं, १ मंसिर । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, पत्रकारको पेसागत सुरक्षा र श्रम अधिकार सुनिश्चित गर्न...
काठमाडौं । पशु सेवा विभागले काठमाडौं उपत्यकामा ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ को औपचारिक कार्यान्वयन सुरु गरेको छ...
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...