हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ? – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?

 

१.प्रमुख चाडबाडको मौसम गयो
नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो ,जसलाई दीपावली , दिवाली पनि भन्छन्, त्यो पनि भर्खरै अर्कोवर्ष आउने गरी गयो ।नेपालको मौलिक सम्बत् मानिएको नेपाल सम्बत् ११४७, नयाँ वर्ष तिहारभित्रै पथ्र्यो, त्यो पनि सुरु भयो, नेवार समुदायले मान्ने म्हः पूजा पनि तिहारभित्रै पथ्र्यो, त्यो पनि सम्पन्न भयो ।दसैँमा नवदुर्गाको पूजा आराधना गरियो भने तिहारमा यमपञ्चक भनेर काग तिहार, कुकुर तिहार, लक्ष्मी पूजा, गाई तिहार, गोबद्र्धन पूजा, गोरु तिहार या हली तिहार र अन्तमा पाँचौँ दिन दिदीबहिनीहरुले दाजु भाइलाई टीका लगाएर मनाउने चाडको रुपमा भाइटीका मनाइयो । अहिले छठको पर्व हाम्रो घर आँगनमा आएको छ, त्यो पनि आज विहान उदाउँदा सूर्यलाई अर्घ दिएर सम्पन्न भयो ।

हिजोको तिथिलाई खासमा छठ भनिएको हो षष्ठी तिथिका दिन अस्ताउँदो सूर्यलाई ब्रतालुहरुले विधिपूर्वक पूजा आधाधना गर्दैमनाउने पर्वको रुपमा । षष्ठी माताको नामलाई भाषाको स्थानीयकरण हुँदा छठि माता हुन गएको हुनुपर्छ रमैथिली उच्चारणको विशेषताको रुपमा छठिलाई छठ भन्न थालिएको हुनुपर्छ ।यो पनि हाम्रो शास्त्रोक्त चलन अनुसारको पूजा आराधना हो जसमा भाविनी माताको रुपमा लिइने षष्ठी माता र प्रकृतिका सबैभन्दा उज्ज्वल र उज्यालाका देवता सूर्य भगवानको पूजा गरिन्छ ।यसको विशेषता नै के हो भने अस्ताउँदो सूर्यको पूजा हो जसले संसार अनित्य छ, स्वयं आदित्य भगवान पनि अस्ताचलमा गएर विलीन हुनुपर्छ भनेर सम्झाउँछ र भोलिपल्ट उनको आगमनलाई स्वागत गर्दैफेरि पूजा आराधना गरिन्छ ।सायद प्रकृति पुरुषको अनुपम दिव्य स्वरुप नै सूर्य भगवान वा दीनानाथ हुन् भन्ने यसले परापूर्व कालदेखिको चलनलाई हामीले अहिले पनि मानिरहेका छौँ । यो दसैँ, यो तिहार , यो नेपाल सम्बत्, यो छठ कुनै वर्ग, जातया स्थानविशेषको मात्र होइन, यी त नेपालकामौलिक परम्परा र पर्व हुन्, चाडबाडका रुपमा मनाइने गरिएका छन् ।हिजरी पात्रो अनुसार कहिलेकाहीँईद पनि यसै बिच परेको पाइन्छ ।

हामी त्यसलाई पनि सम्मानका साथ स्वगत गर्दछौँ र इस्लामधर्मी नेपालीहरु तथा विश्वको कल्याणका लागि आह्वान गर्दछौँ । अहिले षष्ठी माताको आराधनासहित साक्षात् दृ्रश्य देवता सूर्य भगवानको पूजा गरेर मनाउने यो नेपाल र भारतका केही भागको मौलिक परम्परालाई हामीले आत्मसात् गरेका छौँ र अहिले यो छठि माताको भाकल, आराधना र सूर्यपूजा तराईको मात्र चाडपर्वको रुपमा नरहेर नेपाली मात्रको साझा चाडको रुपमा मानिएको छ । अब देखिने नेपालीमौलिक चाडमा हरिबोधिनी एकादशी, माघेसंक्रान्ति, स्वस्थानी ब्रतसँग पूजा अनि होली बाँकी रहेका छन् । ती चाडहरु बिस्तार पनि हुँदैछन् विश्वभर किनभने जहाँजहाँ नेपालीपुगेका छन्, तिनले आफ्नो मौलिक संस्कृतिलाई मान्दा विश्वव्यापी विस्तार भएको छ ।यसको उदाहरणका लागि दसैँमा अस्ट्रेलियाका प्रधानमन्त्री नेपालीहरुसँग ढाका टोपीमा सजिएर नेपाल मण्डपमा देखिनु भएको थियो भने अरु देशमा पनि बडा दसैँ र तिहारको शुभकामना दिने चलन चल्न थालेको छ ।करिब १५० देशमा छरिएर रहेकानेपालीहरुसँगै उनीहरुको मौलिक संस्कृति मनाउने चलन छ ।त्यसो त अब चाडबाड मनाउने चलनमा पनि परिवर्तन आउन थालेको छ तापनि त्यसको मुख्य ध्येयभनेको आफ्नो मौलिकता सम्झने हो र ठाउँ अनुसार त्यसलाई परिमार्जन गरी मनाउने हो ।

२. ……तर महङ्गीले भने छोडेन नि
नेपाल भारतले तीनतिर र चीनले एकतिर घेरेको भए पनि नेपालीहरु चिनियाँ बजारको भरमा पर्न थालेको अनुभव हुन थालेको छ ।चीनतर्फ खास व्यापारका तीनवटा नाकामध्ये यता केही वर्षदेखि रसुवारिुथत केरुङ् नाका चल्तीमा थियो तर पोहोर अहिलेको बाढीले ध्वस्त भएको केरुङ् अब कहिले सञ्चालन हुने हो अझै स्पष्ट छैन किनभने त्यसको पूर्वाधार नै ध्वस्त भइसकेको अवस्था छ चीनतर्फ पनि र नेपालतर्फ पनि । तातोपानी नाका पनि २०७२सालको भूकम्पपछि खासै चलेको छैन र कताकता चीन त्यो बाटोलाई सञ्चालन गर्न अनिच्छुक जस्तो पनि देखिनथालेको छ ।त्यसको कारण भूराजनीतिक चक्र पनि हुनसक्छ, तिब्बतको संवेदनशीलताको कारणले पनि हुनसक्छ या खासाविस्थापनभएकोले पनि हुनसक्छ । जे होस्, नेपालीलाई चिनियाँ सामानको कमी भएको देखियो मुख्य चाडबाडमा र ती सामान महङ्गिएको पाइयो । एउटा नाका कोरला हो, त्यहाँ बारम्बार हिउँँ परेको, जोमसोममार्ग त्यति पक्का नभएको र काली गण्डकी कोरिडोरको निर्माण सम्पन्न नभएको अनि व्यापारीहरुका लागि तातोपानी,केरुङ्भन्दा धेरै टाढा भएकाले लागत बढ्ने देखियो । अनि भारतबाट आउने सामानहरु निर्वाध आयात भएको भए पनि नेपाली बजार अत्यन्त महङ्गिएको पाइयो ।त्यसले चाडबाड धान्न गाह्रो नै परेको देखियो ।

त्यसकालागि सबै पक्ष जिम्मेवार हुनुपर्ने हुन्छ । व्यापारीहरुमा पनि त्यो संवेदनशीलता हुनुपर्छ जसले भएको सामानको कृत्रिम कमी देखाएर बढी भाउ लिेने बानी । हामी क्रेताहरुमा पनि बढी खर्चगर्ने बानीमा सुधार । सरकारले पनि सही समयमा अनुगमन गरी मूल्य निर्धारणका कडाइ गर्नुपर्ने देखिन्छ ।सरकारी तथ्याङ्कले समष्टिमा मूल्यवृद्धि कम देखाएता पनि मूल्य धेरै बढेको छ ।पोहोरको भन्दा अहिलेको मूल्यमा २५ देखि शतप्रतिशतसम्म बढेको पाइन्छ ।त्यसमा मुख्य व्यापारीहरुको भूमिका देखिन्छ र क्रेताहरुमा पनि बानी सुधारको आवश्यकता महसुस हुन्छ । सरकारलाई भन्यो भने नयाँ सरकारलाई दोष दियो भनेर रिसाउने बानी परेको छ सरकारका पक्षधरहरुको । जनता पिल्सिएको वास्ता छैन, सरकारलाई दोषारोपण गरेको भनेर गाली खानु परेको छ । जे होस्, चीनसँग नाका खोल्ने कुरामा सहजीकरण गर्ने काम त सरकारकै हो र मूल्य स्थिरीकरण गर्नेकर्तव्य पनि सरकारकै हो ।

३. र अन्त्यमा, सडक दुर्घटनाको कारणले हजारौँको ज्यान जाने दुष्चक्र
२०८३साललागेदेखि आजसम्म सडक दुर्घटनामा परेर हजारँौको ज्यान गएको छ । हाम्रा सडक र हाम्रान यातायातका साधन अनि चालकहरुको लापर्बाहीले सडक दुर्घटना सहर होस् या लामो बाटोमा या कच्ची बाटोमा होस्, यात्रुहरुका लागि यो त एम्बुस जस्तै भएको छ । न त यात्रुको सुरक्षामा कसैको ध्यान गएको छ , न त सडक सुधारमा सरकारको ध्यान गएको छ । गाडी पुरानै पनि छन्, नयाँको पनि अनुगमन गरिएको छैन भनिन्छ । मनपरी भाडा असुल्ने, पेट्रोलियम पदार्थले चल्ने र विद्युतबाट चार्जगरेर चल्ने यातायातको साधनको एउटै भाडा देखिन्छ ।सडकको अवस्थात्यस्तै छ ।

चालकहरु कतिपय विना लाइसेन्स पनि चलेको भन्ने कुरा काठमार्डौँमा भएको एउटा जलनको घटनाले पुष्टि गरेको छ । राजमार्गमा हुने दुर्घटनाका लागि तत्काल घाइतेको उपचार हुने अवस्थाको पनि कमी छ ।शौचालयको अवस्थात्यस्तै छ । राजमार्गका भोजनालयहरुको अवस्था पनि नाजुक सुनिन्छ । पैरोको अवस्था झनझन भयावह सुनिन्छ । कम्तीमा पनि सडक यातायात होस् कि हवाइ यातायात होस्, व्यवस्थित हुनुपर्छ र यात्रुले सास्ती पाउनु हुँदैन, यात्रुहरुको अकालमा ज्यान जानु हुँदैन । सडक, इन्धन, साधन, भाडा सबैको दुरुस्त भएमा मात्र यातायातको व्यवस्था भएको मानिन्छ । त्यसैले हजारौँको ज्यान गएको यो अवस्थालाई कसरी सुधार गर्ने भन्नेमा लाग्नु पर्छ र अब निरपराध कसैको पनि ज्यान अकालमा जानु हुँदैन भन्नेमा सबै पक्ष सजग हुनु आवश्यक छ । ती निरपराध र अबोधदिवंगत हुनेहरुलाई श्रद्धाञ्जति मात्र दिएर हुँदैन, अब सुरक्षित यात्राको प्रबन्ध हुन आवश्यक छ ।

 

सम्बन्धित समाचार

उदयपुर जिल्लाको कांग्रेस इतर समूहको सभापतिमा बस्नेत
उदयपुर जिल्लाको कांग्रेस इतर समूहको सभापतिमा बस्नेत
  • २०८३ मंसिर १, १३: ३८

उदयपुर । उदयपुर जिल्लाको नेपाली कांग्रेस इतर समूहको जिल्ला अधिवेशनबाट बसन्त कुमार बस्नेत जिल्ला सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।...

आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
  • २०८३ मंसिर १, १३: ३८

१. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने ज्योतिष...

शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने काठमाडौं फिल्म फेस्टिभल कात्तिक १३ देखि
शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने काठमाडौं फिल्म फेस्टिभल कात्तिक १३ देखि
  • २०८३ मंसिर १, १३: ३८

काठमाडौं । भारतीय अभिनेत्री शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रका चर्चित व्यक्तित्वहरूको सहभागितामा काठमाडौं फिल्म फेस्टिभल आयोजना हुने भएको छ ।...