उदयपुर जिल्लाको कांग्रेस इतर समूहको सभापतिमा बस्नेत – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

उदयपुर जिल्लाको कांग्रेस इतर समूहको सभापतिमा बस्नेत

उदयपुर । उदयपुर जिल्लाको नेपाली कांग्रेस इतर समूहको जिल्ला अधिवेशनबाट बसन्त कुमार बस्नेत जिल्ला सभापतिमा निर्विरोध निर्वाचित भएका छन् । बस्नेत त्रियुगा नगरपालिकाका निर्वाचित नगरप्रमुख हुन् । लामो समयदेखि कांग्रेसको सांगठनमा लाग्दै जिल्लाको विकास निर्माण देखि जिल्लाकै सदरमुकाम त्रियुगा नगरपालिकाको विकास निर्माणमा उल्लेख्य भूमिका निभाउँदै आएका बस्नेत कांग्रेस इतर समूहको जिल्ला सभापतिमा निर्विरोध निर्वाचित हुँदा लोकतान्त्रिक पक्षधरहरु खुसी भएको सहभागी प्रतिनिधिले बताए ।

त्रियुगा नगरपालिकाका हरेक विकास निर्माण, माध्यमिक विद्यालयहरुको स्तरउन्नती, सामुदायिक भवन, कृषक सामग्री वितरण, जेष्ठ नागरिक सम्मान लगायत नगरबासीलाई सेवामा उच्च प्राथमिकता दिँदै आएका बस्नेतले यतिबेला इतरपक्षबाट सभापति बन्ने मौका पाएका छन् ।
उदयपुरमा सम्पन्न अधिवेशनले बस्नेतको नेतृत्वमा जिल्ला कार्यसमितिका पदाधिकारी चयन गरेको हो । अधिवेशनबाट उपसभापतिमा राजेन्द्र पौडेल र भक्तबहादुर रानामगर निर्वाचित भएका छन् ।

त्यसैगरी सचिवमा विष्णुप्रसाद कोइराला र टेकबहादुर दाहाल तथा सहसचिवमा क्षत्रबहादुर कार्की चयन भएका छन् । पदाधिकारीको चयन पश्चत अन्य सदस्यहरु भने सहमतिमा टुंग्याउने गरी बस्नेतलाई नै जिम्मा दिएको बताइएको छ ।

अधिवेशनमा नेपाली कांग्रेसको इतर समूहको महाधिवेशन तयारी समितिका संयोजक शशांक कोइराला प्रमुख अतिथिका रूपमा सहभागी थिए । त्यसैगरी कांग्रेसका इतर समूहमा नेताहरुको उपस्थिति रहेको छ ।

सम्बन्धित समाचार

सरकार र पार्टीबीच कुनै विवाद छैन : रवि लामिछाने
सरकार र पार्टीबीच कुनै विवाद छैन : रवि लामिछाने
  • २०८३ कार्तिक २३, १५: ४९

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै पनि प्रकारको विवाद वा समस्या नरहेको स्पष्ट...

मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान
मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान
  • २०८३ कार्तिक २३, १५: ४९

काठमाडौँ : मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।...

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
  • २०८३ कार्तिक २३, १५: ४९

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले विश्वासको मत लिने प्रयोजनका...