
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । टस हारेर लुम्बिनी लायन्सले पहिले ब्याटिङ गर्ने भएको छ ।
सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको फाइनलमा पुगेको हो । पहिलो संस्करणको फाइनलमा सुदूरपश्चिमलाई पराजित गर्दै जनकपुर बोल्ट्सले उपाधि जितेको थियो ।
दोस्रो संस्करणमा पनि सुदूरपश्चिम फाइनलसम्म पुगेको थियो । उक्त फाइनलमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी लायन्सले पहिलो पटक एनपीएलको उपाधि उचालेको थियो ।
यसपटकको फाइनलमा दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिएका छन् ।
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको निलम्बनसहित प्रशासनिक तथा आर्थिक प्रतिबन्ध फुकुवा...
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो शतक प्रहार भएको छ । चितवन राइनोजका कामिल...
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत पहिलो क्वालिफायरमा आज साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम...