
सीता सापकाेटा,वेल्जियम,
पृष्ठभुमि –
लाेकतान्त्रिक समाजवाद,व्यक्तिगत स्वतन्त्रता, अधिकारको संरक्षण तथा वाक स्वतन्त्रता नेपाली कांग्रेसका मुल सिद्धान्त हुन् । यसको रक्षार्थ नेपाली कांग्रेसले गरेको संघर्ष अनि वलिदान सबैका सामु घाम जतिकै छर्लङ छ ।
लोकतान्त्रिक व्यावस्थाका र समाजवाद स्थापनाका आदर्श ब्यक्तित्व विपी कोइरालाले प्रतिपादन गरेका यी सिद्धान्त नेपाली कांग्रेको मुल सिद्धान्त हुन् । लोकतान्त्रिक समाजवाद स्थापनार्थ कांग्रेसले गरेको निरंतर संघर्षले निरंकुश सत्ता पटक पटक ढलेका छन् । नेपाली कांग्रसकै नेतृत्वमा भएका ०७ साल, ०१७, ०३६, ०४६, ०६२-६३ को जनआन्दोलनले राजनितिक ब्यवस्था मात्र परिवर्नन भएनन् ।जनतालाई रैतिबाट राज्य ब्यवस्थाको मालिक बनेका छन् ।
यो अधिकार जनतासम्म कति पुगेको छ ? पुर्याउने प्रयास भयो ? स्वयं हामीले कति उपयोग गरिरहेका छौं ? यक्ष प्रश्न पटक-पटक उठेकै छ । कागजमा लेखेर अधिकार पाईदैन भन्ने यो गतिलो उदाहण पनि हो ।
हामीले पहिलो पटक आफ्नो संविधान हामीले निर्वाचन मार्फन चुनेर पठाएका जनप्रतिनिधिको माध्यमबाट निर्माण गर्यौं । नेपाली जनाताले स्वतन्त्र पुर्वक चयन गरेका नेतृत्वबाट राज्य ब्यावस्था सञ्चालन हुने ब्यावस्था तयार गरेका छौं ।
राज्य सत्ताको नेतृत्व जनताको अभिमत भन्दा बाहिर चयन हुने विगतको निरंकुश शैलिलाई हामीले अस्तित्व नामेट पारिसक्यौं । राज्य सत्ताको वागडो जनताका हातमा सुम्पिसकेका छौं । पटक पटकको जन–आन्दोलन र कांग्रेसकोे सर्घष र बलिदानबाट मात्र यो सम्भव भएको हो ।
कांग्रेसकाे नेतृत्वमा लोकनान्त्रिक शक्तिको संघर्षवाट निरंकुश राणा शासन, एकदलिय पञ्चायती ब्यावस्था ढल्यो, कांग्रसकाे शान्तिपुर्ण प्रयासबाट बन्दुकको नालबाट मात्र सत्ता प्राप्त हुने विश्वासमा रहेका दन्द्धरत पक्ष शान्तिपुर्ण राजनितिमा आइसकेका छन् ।
एकदलिय शासन व्यवस्था र सर्व–सत्तावादको राजनितिक आर्दश मानेका कम्युनिष्टहरू बहुदलिय ब्यवस्था स्विकार गदैं प्रतिस्पर्धात्मक राजिनितिमा आउनु कांग्रेसकाे शैद्दान्तिक जित हाे । यतिवेला उनिहरू जनमत सहित सर्व–शक्तिमान सरकारको नेतृत्वमा गदैं गर्दा, सात दशक भन्दा बढि समय संघर्ष गरेको नेपालको सवैभन्दा ठुलो लोकतान्त्रिक शक्ति नेपाली कांग्रेस प्रतिपक्षको भुमिकामा खुम्चिनु परेको छ ।यसको समिक्ष पनि भविस्यमा अवस्य हुनेछ ।
झन्डै दुई तिहाई नजिक जनमत पाएर सरकारको नेतृत्व गरेको गरेको नेकपा सरकार जनताका समान्य समस्या सम्वोधनगर्न असक्षम भएको छ । देश कोरोना, गरिवी, वेरोजगार लगायतका समस्याले आक्रान्त भैरहेको वेला नेकपा भने आन्तरिक झगडामा फसेको छ ।
विरामीले जिवनजल समेत नपाई मृत्युवरण गरिरहँदा प्रतिपक्षमा रहेका हामीले सरकारलाई नैतिकताको कशिमा ल्याउन कति सक्यौं ? प्रवासमा रहेका हामीलाई यस्ता घटनाले पटक पटक झस्काईरहेको छ ।
वर्तमान सरकार जनताप्रति उत्तरदायी छैन् । राष्ट्रियताको विषयमा सत्तारुढ दल भित्रै मत विभाजन छ । भोलीको राजनिति कता जाने हो एकिन गर्न कठिन छ ।
यस्तो निराशाको अवस्थामा हामीले जनतामा कति आशा भर्न सकेका छौं। राज्यलाई हामीले बनाएकाे संविधान प्रति कति जिम्मेवार हुन दवाव दिएका छौं पक्कै पनि आम जनाताले हामीलाई मुल्याङकन गरिरहेकै होलान् ।
व्यक्तिगत स्वतन्त्रता, अधिकारको संरक्षण तथा वाक स्वतन्त्रताबाट जनतालाई सर्वशक्तिमान बनाउने कांग्रेको मुल निति र यसको प्रतिपादक गर्ने तिनै महामानव विपीको आर्दश पछ्याइरहेको यो पंत्तिकार सामाजिक सञ्जालमा लेखेको आरोपमा हुर्मत लिने गरि भैरहेका केहि गतिविधी अनि कांग्रेसको मुल सिद्धान्त वाक (अभिब्यक्ति) स्वतन्त्रताका वारेमा घटित केहि घटनाक्रम र आफ्ना धारणा यसै आलेखबाट स्पष्ट पार्न चाहन्छु ।
पार्टीको विधि, विधान, आर्दश तथा मान्यता भन्दा माथी जाने छुट म लगायत कांग्रेसका आम कार्यकता र नेतृत्वलाई समेत छैन् । तर पार्टीको मुल निति र सिद्धान्त विपरित हुनेगरि नेपाली कांग्रेसका आम कार्यकर्तामाथी हुने गतिविधि विरुद्ध जुनसुकै बेला संघर्षमा होमिन कदापी हटने छैन् ।
प्रसंग
म नेपाली कांग्रेसको सुभेक्च्छुक संस्था नेपाली जनसंम्पर्क समिति वेल्जीयम सभापती हूँ । समितिको चौथो अधिवेशनबाट विधिसम्वत नेतृत्व सम्हाली रहेको र पार्टीका हरेक गतिविधिमा सक्रिय सहभागी भैरहेको अवगत नै छ । यो जिम्मेवारी पाउनु पहिले विद्यार्थी आन्दोलन र पार्टीका विभिन्न तहमा बसेर कुशलतापूर्वक जिम्मेवारी वहन गरेको अवगत नै छ ।
पत्तिकार यो आलेख तयार पार्दैगर्दा पार्टीको तर्फबाट प्राप्त एउटा पत्रको जवाफ समेत तयार गदैं छु । म माथी समाजिक सञ्जालमा पार्टीका शिर्ष नेतामाथी टिप्पणी गरेको आरोपमा लगाईएको छ । अर्थात मेरो अभिब्यक्ति स्वतन्त्रतामाथी प्रश्न उठेको छ ।
नेपाल सरकारले मिचिएको भुमि सहित नयाँ नक्सा जारि गरेको विषयमा सडक र सदनमा क्रिया प्रतिक्रिया चलिरहेकै थियो । सोहि क्रममा गत जेठ तेस्रो साता संसदको राज्य ब्यावस्था समितिले नागरिकता विधेयकका विषयमा एउटा निर्णय गर्यो ।
जसमा नेपालमा विवाह गरेर आउने महिलालाई सात वर्षपछि मात्र नागरिता दिने विषय उल्लेख थियो । विचाराधिन उक्त विधेयकका विषयमा अहिले पनि बहस भैरहेकै छ ।
नेपाली कांग्रेसको जिम्मेवार कार्यकता, साक्षर महिला अनि प्रवासमा बसेर नागरिकताको विषयमा विभिन्न अनुभव समेत लिएकाले आफ्नो धारणा राख्न पाउनु मैले स्वाभिविक ठाने ।
नेपाली कांग्रेसमा उक्त नागरिकता विधेयकको विषयमा बहस भैरहेका थियो। मैले नेपालसंग सिमाना जोडिएका दुई ठुला मुलुकको विचमा रहेको नेपालले विदेशी बुहारी वा ज्वाइलाइ नागरिकता दिँदा दिर्धकालिन असरपर्ने तर्फ ध्यान दिनुपर्छ भन्ने मात्र भन्ने आशय मात्र थियो । के नेपाली नागरिककाे हैसियतले मलाइ यति बाेल्ने अधिकार पनि छैन ?
त्याे मेराे ब्याक्तिगत धारणा थियाे र हाे । राष्ट्र, राष्ट्रियता जनसरोकारका विषयम नेपाली कांग्रेसले गरेको निर्णय नै मेरा धारणा हुन् ।
नेपाली कांग्रेसका उपसभापती आदारणिय विमलेन्द्र निधि ज्यु ले राख्नुभएको नागरिकता विधेयक सम्बन्धि अभिब्याक्ति आलोचनात्मक प्रतिक्रिया आइरहेका बेला मेरो आशय मैले यस्तो गम्भिर विषयमा पार्टीको आधिकारीक धारणा बनोस र त्यसको पक्षमा हामी जिम्मेवार कार्यकर्ता जनमत निर्माणमा लागौ भन्ने मात्र थियो।
यहि आशयको अभिब्यक्ति सामाजिक सञ्जालमा अभिब्यक्त गर्दा पार्टीका मेरा आदारणिय नेताको सम्मानमा कसरी ठेस पुग्यो ? मैले कुन चाहि अनुशासन हिन काम गरे बुझ्न सकिरहेको छैन् । यहि मेरो टिप्पणीलाई लिएर म माथी अनुशासनको प्रश्न उठेको छ । यसबारे मेरो धारणा नेपाली कांग्रसको सम्मानित अनुसाशन समितिमा जवाफ पठाई सकेको छु ।
मेरो अभिब्यक्तिले नेतृत्वको आत्म सम्मानमा ठेस पुग्नु हुँदैन् यसमा म सचेत छु । मेरो यस्ताे उदेश्य समेत नभएकाे यहि आलेखबाट समेत थप स्पष्ट पार्न चाहान्छु ।
यति भन्दै गर्दा मेरो अभिब्यक्ति स्वतन्त्रता माथी कुनै ब्याक्तिको सनकको भरमा धेरा बन्दिमा पारिन्छ र नेतृत्वको अस्तित्वकालागि मलाई लाञ्छना आरोप लगाएर मेराे पार्टी प्रतिकाे आस्थाबाटै विचलन पार्न खोजिन्छ भने अधिकार रक्षाकालागि हिजो गरेको संघर्ष भोलिका दिनमा पनि मेरालागि विकल्प विहिन बन्ने छ ।
अभिब्यक्ति स्वतन्त्रता उठेको प्रश्न
समाजिक सञ्जालमा अभिब्यक्त भनाई संग उठेको प्रश्न विधिसम्बत रुपमा पार्टीको समितिलाई स्पष्टपार्ने प्रयार गरिसकेको छु । मेरा धारणा पार्टीको निति,सिद्धान्त विपरित रहेछन् वा म माथीको प्रश्न जायज रहेछ भने सजायको भागिदार हुन कत्ति पनि हिच्किचाउनै छैन् । तर पार्टीको आधिकारिक निर्णय विना आफु खुसि बोल्न पाउने अधिकार अरु नेतालाई छ कि छैन ? प्रश्न निरंतर रुपमा उठने नै छ ।
पार्टीको माथिल्लो पदमा पुगेछि ठुला नेतालाई पार्टीको कानुनले लाग्छ कि लाग्दैन ? कि उहाँहरुले बोलेका ब्याक्तिगन भनाई नै पार्टीका आधिकारीक धारणा हुन्छन् ? कार्यकताका सामान्य प्रतिक्रिया र प्रश्न पनि सुन्न नेतागणलाई किन गाह्राे हुन थाल्यो ?
विनम्रताका साथ भन्न चाहन्छु यस्तै हैकमवादी ब्यावहार भएका नेता र ब्यावस्था जनताले परिवर्तन गरेका हामीसंग थुपै उदाहरण उदाहरण पनि छन् यो विषयमा हाम्रो नेतृत्वको पनि बेलैमा ध्यान पुगोस !
लोकतन्त्रमा तर्कसंगत ढंगले आफ्ना कुरा राख्न पाउने अधिकारका लागि हामी धेरैपटक रगत पसिना बगाएका छौं कयौंले जिवन बलिदान दिएका छन् । मेरा अभिव्यक्तिहरु विधि, विधान र पद्धतिको सबैले पालना गर्नु पर्छ भन्ने मात्र हो ।
पार्टी र संगठनको मर्म विपरित हुने,पार्टीको छवि धमिलो हुने र संगठनको गतिविधिलाई अवरोध हुने गरि भैरहेका गतिविधि माथी नेपाली कांग्रेसको अनुशासन समिति अवस्य ध्यान दिने नै छ ।
वेल्जियम जनसम्पर्क समितिमाथी पटक पटकको प्रहार
नेपाली जनसम्र्पक समिति बेल्जियमको चौथो अधिवेशनबाट सभापतिमा निर्वाचित भएसंगै मेरो पहिलो जिम्मेवारी,एनआरएन बेल्जियमको निर्वाचनमा सम्पन्न गर्नु रहयो । संगठनले अध्यक्षमा उठाएका समितिका पुर्व सभाती सुवाश जोशीलाई मेरै समितिमा रहनु भएका साथीहरुले खुलेआम रुपमा हराउन लाग्नु भयो ।
आफ्नै सहकर्मको अन्तर्घातका का कारण एनआरएनए वेल्जियममा अध्यक्ष पद बाहेक बाँकी प्यानलनै जिताउन सफल रहनु मैले आंशिक सफलताका रुपमा लिएको छु ।
सो घटनापछि पार्टिका विरुद्ध अन्तर्घात गरेका समिति आवद्ध ब्यक्तिमाथी कारवाहि अगाडि बढायौं, पार्टी सुद्धिकरणको हाम्रो अभियान विरुद्ध मेरै कार्यसमितिका महामन्त्री सुुवाश गुरुङ्को नेतृत्वमा समानान्तर जनसम्पर्क समिति जन्माउने काम भयो ।
जसलाई पार्टीका केहि नेताले संरक्षण प्रदान समेत गर्नु अत्यान्तै दुखित थियो । यसले विधि मान्ने भन्दा मिच्नेको मनोवल उचो भयो । विधि सम्वत रुपमा चयन भएको मेरो कार्यसमिति विरुद्ध जुन षडयन्त्र भयो त्यसैको विकसित रुप पछिल्लो घटना हो भन्नेमा मलाई कुनै शंका छैन् ।
वर्लिन भेला र विद्यान विपरित समिति गठन् ।
२००७ मा बर्लिन भेलाबाट युरोपियन काँग्रेस जन्माउने प्रयास भयो । पार्टीका केहि नेताको सनकका भरमा २००७ सालमा गठित यो भेला र समितिलाई नेपाली कांग्रेसले मान्यता दिएन् । युरोपमा अधिकांश मुलुकामा पार्टी सिद्धान्त र पार्टी केन्द्रको निर्देशनबाट स्थापाना भएका समितिको जिम्मेवारी खुम्चाउने गरि स्थापना भएको समितिको बारेमा सवैलाई अवगत नै छ ।
१३ वर्ष अघि नेपाली कांग्रेस युरोप सयोजक तोकिनु भएका दिल गुरुङ त्यसपछि कतिवटा भेला गराउनु भयो ? नेताको अदृश्य साथ सहयोग भएपछि यहाँलाई पार्टीको कानुन लाग्दैन ? के उहाँको जिम्मेवारी पार्टीका निश्ठावान कार्यकर्ताको चुक्ली लगाउने र गुठ उप–गुठको पक्ष विपक्षमा कामगर्ने बाहेक पार्टीमा उहाँको योगदान कहाँ छ ?
पार्टीलाई योगदानगर्ने नाममा सिन्कोसम्म नभच्नेले पार्टीको वैधानिक समितिमा काम गरिरहेका नेता कार्यकर्ता विरुद्ध गतिविधि कसले अधिकार दियो ? यी प्रश्नको जवाफ अवस्य खोजिनेछ ।
काँग्रेसको विधानमा अनुसार स्थापना भई पार्टीको केन्द्रीय महाधिवेशनमा पटक पटक सहभागी रहेका समितिमाथी केन्द्रीय नेतालाई प्रयोग गरेर विवाद सिर्जनागर्ने कार्यसमितिमा विभाजन ल्याउँदा पार्टीलाई फाइदा हुन्छ कि वेफाईदा हुन्छ ?
कि नेताको छाँया र छहारीमा पुगेपछि अनुशासन पालना नै गर्नु पदैंन् ? विवादीत संस्थाका संयोजक दिल गुरुङ्ले मेरो विरुद्धमा पार्टीमा उजुरी हाल्ने र ममाथी प्रश्न माथी प्रश्न तेर्साउनु कत्तिको न्यायपुर्ण हुन्छ ?
एक महिला हुनुको नाताले पति,परिवार , पेशा अनि आफ्नो प्रतिष्ठा जोगाएर पार्टी तथा संगठनमा होमिनु आफैमा चुनौतिपुर्ण त छदै छ । पार्टीका र संगठनका नाममा अहोरात्र खटिएको मलाई विभिन्न विबादमा तान्ने,निराधार लाञ्छना लगाएर मेरो पार्टी प्रतिको आस्था र विश्वासमाथी विचलन ल्याउने यस्ता षड्यन्त्रपुर्ण क्रियाकलापले म रतिभर विचलिन भएको छैन् । र हुनेपनि छैन् । बरु अझै शसक्त रुपमा पार्टी र संगठनका काममा होमिनुपर्छ यस्ता अवरोधले उत्प्रेरणा मिलेको आभास भैरहेको छ।
केन्द्रीय प्रतिनिधिबाटै निर्वाचित समिति बर्खास्तीको दुश्प्रयास
युरोप कांग्रेसको अवैधानिक भेला, निर्वाचित कार्यसमिति विरुद्ध विभिन्न समयमा भएका हठात प्रयास समाधानमा मेरो अहोरात्र प्रयास सवैमा अवगत नै छ । समस्या समाधानका लागि मैले नेपाली कांग्रेसको मुख्यालयसंग गरेको प्रयास पछि समस्या समाधानकालागि केन्द्रिय कार्यलयबाट प्रयास नभएको पनि होइन् ।
तर समस्या समाधानकालागि वेल्जियम आउनु भएको केन्द्रिय प्रतिनिधिको ब्यावहार आगोमा ध्यु थप्ने बाहेक अरु हुन सकेन् निर्वाचित कार्यसमिति विरुद्ध गठित समानान्तर कार्यसमिति लाई आधिकारीता प्रदान गर्ने केन्द्रीय ल प्रतिनिधि किरण पौडेलको निर्णय २४ घण्टापनि टिकेन ।पार्टीले उहाँको निर्णय उल्टाइदियो निर्वाचिन मेरै कार्यसमितिलाई मान्यता दियो ।
पार्टीका सिद्धान्त विपरित आफु खुसि निर्णयगर्ने निर्वाचित समितिलाई अपदस्त गर्ने प्रयास गर्ने र उनिहरुको क्रियाकलापलाई पार्टी मान्यताको लालमोहर लगाउने लाई मेरो पार्टीको अनुसासन समितिले किन प्रश्न सोध्न सक्तैन् ? उहाँहरुलाई कसले के का लागि किन संरक्षण गरेको छ ?
अनुशासन समितिले म संग सोधेका प्रश्न मैले पाउनु भन्दा पहिले यहाँहरु संग कसरी पुग्यो । कसरी सञ्चार माध्यममा सामाजिक सञ्जालमा भाइरल बन्यो ? के यी पार्टीको निति विधि भित्र छन् । के नेपाली कांग्रेस पार्टीका केहि मुठ्ठीभर नेताको पेवा हो ?
उहाँहरु शासक हामी आम कार्यकर्ता रैति हो ? यी प्रश्न निरंतर रुपमा उठने नै छन् । निर्वाचित जन सम्पर्क समिति सभापति र पार्टीको महासमिति सदस्यको हैसियतले जवाफ खोज्नुलाई अनुशासन समितिले अन्यथा लिने छैन् र यस्ता क्रियाकपलाप लाग्नेलाई पनि सचेत गराउने छ भन्ने अपेक्षा राख्दछु ।
नेपाली काँग्रेसको एक निष्ठावान् कार्यकर्ता भएको हिसाबले केन्द्रको परिपत्र र निर्देशनहरुलाई अवलम्बन गर्नु म मेरो कर्तव्य ठान्दछु । अनुसाशन समितिले मबाट केही बुझ्न चाहेको कुरालाई म हार्दिकतापूवृक स्वागत गर्दछु । यसले ममाथी पछिल्लो समय पार्टीका अमुख नेताबाट भैरहेको थिचोमिचोलाई प्रष्ट पार्ने अवसरको रुपमा रुपमा पनि लिएको छु ।
प्राप्त पत्रमा सामाजिक सञ्जाल मार्फत नेपाली काँग्रेसका आदरणीय नेताहरुको मानमर्दन हुने सामाग्री प्रकाशित गरेको भनि अनुशासन समितिमा मुद्दा दायर भएको भनि खलाइएकोमा कुन नेताको विरुद्ध कुन मितिमा के कस्तो सामाग्री कुन सामाजिक सञ्जालमा प्रकशित गरिएको भन्ने विषय स्पष्ट पारिदिन अनुरोध समेत गर्न चाहान्छु ।
नेपाली काँग्रेस र नेपाली जनसम्पर्क समितिको सिद्धान्त, विधि, विधान र लोकतान्त्रिक अभ्यासको अनुसरण गर्ने÷गराउने सन्दर्भमा बेल्जियमको सभापतिको हैसियतले निरंतर लाग्ने नै छु ।
विश्वभर फैलिएको कोरोना संक्रमणका कारण रोकिएको समितिको पाँचौ अधिवेशन पार्टीले तोकेको समयमा विधिसम्वत अधिवेशन गरि नेतृत्व हस्तान्तरण गर्न प्रनिवद्ध रहेको समेत जानकारी गराउन चाहन्छु ।
अत्यन्तै प्रतिकुल परिस्थितिमा मलाई अविचलि रुपमा पार्टीका काममा सक्रिय रहन उत्प्रेरणा दिने पार्टीको नेतृत्व वर्ग, समितिका पुर्व सभापतिहरु लगायत पदाधिकारी, पार्टीका आम कार्यकर्ता तथा शुभचिन्तकमा हार्दिक आभार ब्यक्त गर्न चाहन्छु ।
लेखक सीता सापकोटा नेपाली जनसम्पर्क समिति वेल्जियम काे चाैंथाे महाधिवेशनबाट निर्वाचित सभापति तथा नेपाली कांग्रेसकी महासमिति सदस्य हुन् ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...