काठमाडौं । नेकपा माओवादी केन्द्रका मन्त्रीहरु तत्काल सरकारबाट नबाहिरिने भएका छन् । उनीहरु पार्टीको नीति अनुसार सरकारमा लिसो टाँसिए जस्तै टाँसिएर बसेका छन् । चुनावमा सरकारी स्रोत र साधनको दुरुपयोग गर्नका लागि मन्त्रालयको जिम्मेवारी नै नदिँदा समेत लाज पचाएर सरकारमा टाँसिरहेका छन् ।
माओवादी केन्द्रले एमालेसँग चुनावी तालमेल गरेर वाम गठबन्धन बनाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीबाट सरकारमा सहभागी सबै मन्त्रीलाई विनाविभागीय बनाएका थिए । माओवादी केन्द्रले कात्तिक ५ गते सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट आफ्ना मन्त्रीहरु बाहिरिने अन्तिम निर्णय गरे पनि निर्वाचनप्रति सरकारले षड्यन्त्र गर्न लागेको भन्दै सरकारमा नै बसिरहेका छन् । तर माओवादीका अधिकांश मन्त्रीहरु निर्वाचन अभियानमा जुटेकाले निर्वाचनअघिसम्म बिनाविभागीय कै हैसियतमा भए पनि सरकारमा रहने भएका हुन् ।
सत्ताको लोभमा बिनाविभागीय भएर बस्दा आसन्न निर्वाचनमा यसले कस्तो असर पार्छ भन्ने हेक्कासमेत माओवादीका मन्त्रीहरूले राखेको देखि“दैन । अहिले बिनाविभागीय मन्त्रीमा रहेको प्रायः सबैले आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दिएका छन् । माओवादीका तर्फबाट आफ्ना मन्त्रीहरूको नेतृत्व गर्दै देउवा सरकारमा सहभागी भएका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, गृहमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीलगायतका १७ जना माओवादी मन्त्रीहरू बिनाविभागीय छन् । बोलीको ठेगान नभएका प्रचण्डले दोस्रो चरणको निर्वाचनको उम्मेद्वारी दर्तासँगै आफ्ना मन्त्रीहरुले सरकार छाड्ने बताए पनि माओवादी मन्त्री अझै सरकारमै छन् ।
काठमाडौं : निर्वाचन आयोगले देशभरका सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता गर्ने काम सुरु गर्ने निर्णय गरेको...
काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक मंसिर २४ गते...
काठमाडौं : नेकपा माओवादी केन्द्रले स्थानीय तहको उपनिर्वाचनको परिणाम उत्साहजनक भएको र यसले आगामी निर्वाचन एक्लै लड्ने आधार तयार गरेको निष्कर्ष...